सभामुख महरामाथि लगाइएको यौन दुर्व्यहारको आरोप कपोकल्पित र भ्रामकः सचिवालय  « Khabarhub

सभामुख महरामाथि लगाइएको यौन दुर्व्यहारको आरोप कपोकल्पित र भ्रामकः सचिवालय 


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख कृष्णबहादुर महराको सचिवालयले सभामुख महरामाथि लगाइएको यौन दुर्व्यवहारको आरोपमा कुनै सत्यता नभएको जनाएको छ ।

महराका प्रेस संयोजक डिल्ली मल्लले जारी गरेको प्रेस वक्तव्यमा विभिन्न मिडियामा आएको सामाचरामा जस्तो सत्यता नरहेको र भ्रम फैलाउन खोजिएको जनाइएको छ ।

आरोप लगाउने म‍हिलाले कर्मचारी समायोजनको रिस पोखेको उल्लेख छ । कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट रहेको भन्दै विज्ञप्तीमा असन्तुष्टिलाई लिएर सभामुख महराको बारेमा पूरै गलत, कपोकल्पित र अनर्गल समाचार प्रवाह भएको दाबी गरिएको छ ।

सभामुखको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको भन्दै विज्ञप्तिमा समाचार र घटना सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको जनाइएको छ ।

‘सभामुख महराको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भर्त्सना गरे पनि कम हुन्छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १० : १९ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा