मेस्सीले दुई गोल गर्दा बार्सिलोना लिगको शीर्ष स्थानमा « Khabarhub

मेस्सीले दुई गोल गर्दा बार्सिलोना लिगको शीर्ष स्थानमा


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लियोनल मेस्सीले दुई गोल गर्दा स्पेनिस क्लब बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ५–१ को विशाल गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्साका लागि दोस्रो मिनेटमा नै लेन्जेटले गोल गरेको थिए । त्यस्तै २९ औं मिनेटमा भिडलले गोल गर्दा मेस्सीले दुई गोल गरे । उनले ३४ र ७५ औं मिनेटमा एक एक गोल गरेका थिए ।

त्यस्तै ७७ औं मिनेटमा लुइस स्वारेजले गोल गरेका थिए । भालाडोलिडले खेलको १५ मिनेटमा गोल गरेपनि त्यसपछि गोल गर्न सकेन ।

जीतसँगै बार्सिलनो २२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको ग्रानडाको २० अंक रहेको छ भने एक खेल बढी खेलकोे एथलेटिकको मड्रिडको २० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : १६ बजे

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

एजेन्सी – चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

खालिदा जियालाई राजकीय बिदाइ

ढाका– बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

ढोरपाटन– पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन्

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल 

मोरङ–  गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा