नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज थाइल्याण्डसँग खेल्दै « Khabarhub

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज थाइल्याण्डसँग खेल्दै


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज थाइल्याण्डको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दै छन ।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टोलीले थाइल्याण्डको टिमसँग खेल्न लागेको हो । नेपाल र थाइल्याण्डबीचको खेल बुधबार ४ बजेपछि सुरु हुनेछ ।

यस अघि नेपाली टोलीले थाइल्याण्डमा विभिन्न टोलीसँग पाँच मैत्रीपूर्ण खेल खेलिसकेको छ । जसमा नेपालले तीन खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ ।

शनिबार भएको खेलमा नेपाली टिम थाइल्याण्डको यू-१८ विश्व विद्यालय टिमसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्ड पुगेको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : २२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको