नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज थाइल्याण्डसँग खेल्दै « Khabarhub

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज थाइल्याण्डसँग खेल्दै


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज थाइल्याण्डको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दै छन ।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टोलीले थाइल्याण्डको टिमसँग खेल्न लागेको हो । नेपाल र थाइल्याण्डबीचको खेल बुधबार ४ बजेपछि सुरु हुनेछ ।

यस अघि नेपाली टोलीले थाइल्याण्डमा विभिन्न टोलीसँग पाँच मैत्रीपूर्ण खेल खेलिसकेको छ । जसमा नेपालले तीन खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ ।

शनिबार भएको खेलमा नेपाली टिम थाइल्याण्डको यू-१८ विश्व विद्यालय टिमसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्ड पुगेको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : २२ बजे

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट