यस्ता समस्या भएकाहरुले विहान कागती पानी नखानुस् « Khabarhub

यस्ता समस्या भएकाहरुले विहान कागती पानी नखानुस्


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कागती पानीले धेरै किसिमका रोग भएका मानिसलाई फाइदा पुग्छ ।

यसको नियमित सेवनले वजन कम गर्न देखि अन्य समस्यालाई नियन्त्रण गर्न सघाउँ पुर्‍याउँछ। त्यस्तै छालाका समस्या भएकाहरुले पनि कागतीको प्रयोग गर्दा फाइदा पुग्छ । तर सबैलाई भने कागती पानीले फाइदा पुग्दैन ।

आज हामी यसको बढी प्रयोगले कस्तो हानी पुग्छ भन्ने जानकारी दिँदै छौं ।

मानिसले विहान उठेपछि कागती पानी खन्छन् जसले निकैं फाइदा पुराउँछ , तर यसको साइड इफेक्ट पनि छन् । पेट संवेदनशील भएका मानिसले कागती पानीको सेवन गर्न हुन्न ।

कागति धेरै एसिडिक हुन्छ जसका कारण पीएच लेवल कम हुन्छ । कागतीको प्रयोग धेरैजसो अनुहारको छाला राम्रो बनाउनका लागि पनि गर्ने गरिएको छ । पिम्पल्स, दागहरु हटाउन कागतिको प्रयोग हुने गरेको छ तर यसबाट बेफाइदा पनि हुनसक्छ ।

यदी तपाईको गाला वा अनुहारमा यदी घाउ, चिलाउने लगायतका समस्या छ भने कागतीको प्रयोग गर्न हुन्न । कागती बढी सेवन गर्दा यसले पेटलाई पनि वेफाइदा पु¥याउँछ । यसको प्रयोगले अल्सर, दातको समस्या, पेट बिग्रने तथा डिहाइड्रेसनको समस्या उत्पन्न हुन्छ ।

यसका साथै पटक पटक पिशास आउने, किड्नीमा समस्या देखा पर्न सक्छ । धेरै कागती पानीको सेवनले छाति पोल्ने लगायतका समस्या आउँछ । यदी तपाईलाई अल्सर छ भने कागति पानीको प्रयोग नगर्दा फाइदा हुन्छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : ४२ बजे

३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालय सञ्चालकहरूको माग (संयुक्त विज्ञप्तिसहित) 

काठमाडौं– निजी विद्यालय सञ्चालकहरूका विभिन्न संस्थाहरूले सरकारले लगाउँदै आएको ३

कतारका पूर्वअमिरको निधन

काठमाडौं- कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन

राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

काठमाडौं– काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि

डुबानमा परेको कीर्तिपुरबाट खरिपाटी लगियो ३१ घरका ८९ सुकुम्वासीलाई

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेपछि

प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन

काठमाडौं- अमेरिकाका प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन भएको छ