एन्ड्रोइड फोनमा एक्सहेल्पर भाइरसको प्रभाव, जति गरे पनि डिलिट नहुने « Khabarhub

एन्ड्रोइड फोनमा एक्सहेल्पर भाइरसको प्रभाव, जति गरे पनि डिलिट नहुने


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पछिल्लो केही महिना यता एन्ड्रोइड फोनमा नयाँ किसिमको मालवेयर (भाइरस) का कारण मोबाइल प्रयोगकताले समस्या भोगिरहेका छन् । स्मार्टफोनमा देखिएको यो मालवेयर डिलिट गरिसकेपछि फेरी आफैँ फोनमा इन्स्टल हुने गरेको प्रयोगकर्ताहरुको गुनासो छ ।

यति मात्रै होइन, स्मार्टफोनलाई फ्याक्ट्री रिसेट गर्दा पनि यो भाइरस फोनमा आउने गरेको छ । एक्सहेल्पर नामको उक्त मालवेयरबाट पछिल्लो ६ महिनामा ४५ हजारभन्दा बढी एन्ड्रोइड डिभाइस प्रभावित भएका छन् ।

यो मालवेयरको प्रभाव लगातार रुपमा बढ्दै गएको छ । एक रिपोर्ट अनुसार एक्सहेल्पर भाइरसले दैनिक करिब १ सय ३१ तथा हरेक महिना २ हजार ४ सय एन्ड्रोइड डिभाइसलाई प्रभावित गरिरहेको छ । मालवेरबाट सबैभन्दा बढी भारत, अमेरिका र रुसका प्रयोगकर्ता प्रभावित भएका छन् ।

तेस्रो पार्टी-एपको माध्यमबाट प्रवेश

मालवेयर बाइटस्को रिपोर्टअनुसार मालवेयरको स्रोत वेब रिडाइरेक्ट रहेको छ । जसले प्रयोगकर्तालाई एन्ड्रोइड एप होस्ट गर्ने वेब पेजमा पठाउने छ । यो वेब साइटले प्रयोगकतालाई प्ले स्टोरको बाहिर अन अफिसियल एन्ड्रोइड एप्सलाई साइड लोक कसरी गर्ने भनेर बताउने छ । यही अन अफिसियल एप्समा लुकाइएको कोडले एक्सहेल्पर ट्रोजनलाई डाउनलोड गर्दछ । जसबाट मालवेयर एन्ड्रोइड डिभाइसमा प्रवेश गर्न पाउँछ ।

पैसा कमाउने उद्देश्य

रिपोर्टअनुसार यो भाइरसले प्रयोगकर्तालाई कुनै क्षति भने पुर्‍याएको छैन । मालवेयरबाइटस् र सिमनटेक यी संस्थाका अनुसार यो ट्रोजनले अहिलेसम्म प्रयोगकर्तालाई ठूलो क्षति पुर्‍याएको छैन । उसको उद्देश्य पैसा कमाउने देखिएको छ । यो ट्रोजनले पपअप विज्ञापन तथा नोटिफिकेसन स्पाम देखाइ दिने गरेको छ । यसले विज्ञापन तथा नोटिफिकेसन प्रयोगकर्ताको प्ले स्टोरमा पुनः निर्देशित गर्दछ । जहाँ उसले अन्य एप्स इन्स्टल गर्न प्रयोगकर्तालाई भन्ने गर्दछ । यसरी एक्सहेल्परले एप इन्स्टल गराए बापत मिल्ने कमिसनबाट पैसा कमाइरहेको छ ।

फरक किसिमले काम गर्ने

यसको खास विशेषता भनेको एक्सहेल्परले अन्य एन्ड्रोइड मालवेयर जस्तो काम गर्दैन । पहिला यो ट्रोजन एक एपको माध्यमबाट एन्ड्रोइड डिभाइसमाथि आफ्नो पहुँच राख्नेछ । यसपछि एक्सहेल्पर उक्त डिभाइसमा छुट्टै रुपमा इन्स्टल हुनेछ । जुन एपको माध्यमबाट डिभाइसमा प्रवेश गरेको हो, त्यस एपलाई हटाउँदा पनि एक्सहेल्पर भने हट्दैन । अर्थात रिमुभ हुँदैन । त्यसपछि पनि यो डिभाइसमा रहिरहने छ र, पपअप विज्ञापन तथा नोटिफिकेसनलाई स्पम देखाइरहेने छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १ : ३८ बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका