पारसले भने– ज्ञानेन्द्रको नेतृत्वमा हामी नयाँ उचाइमा पुग्ने छौं « Khabarhub

पारसले भने– ज्ञानेन्द्रको नेतृत्वमा हामी नयाँ उचाइमा पुग्ने छौं


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई पूर्व कप्तान पारस खड्काले बधाई दिएका छन् ।

पूर्व कप्तान पारसले सबैभन्दा योग्य व्यक्ति क्रिकेट टिमका कप्तानका रुपमा आएको पनि बताएका छन् ।

सामाजि सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै पारसले भनेका छन्– ‘सबैभन्दा योग्य व्यक्ति नेपाली क्रिेकेट टिमको कप्तान नियुक्त भएकोमा ज्ञानेन्द्र मल्ललाई बधाई छ । मल्ल त्यो व्यक्ति हुन्, जसले ठूलो जोस, अनुशासन र प्रतिबद्धताका साथ देशको सेवा गरेका छन् । मलाई विश्वास छ उनको नेतृत्वमा हामी नयाँ उचाइमा पुग्ने छौं ।’

करिब १ दशकसम्म नेपाली राष्ट्रिय टिमको कप्तानी गरेका पारसले यही असोजको अन्तिम साता राष्ट्रिय टिमका कप्तानबाट राजीनामा दिएका थिए ।

पारसको राजीनामापछि नेपाल क्रिकेट संघ (क्यान)ले ‘तत्कालका लागि’ भनेर मल्ललाई कप्तानको रुपमा तोकेको हो ।

क्यानले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई नयाँ कप्तान र उपकप्तान तोकिएको बारे जानकारी दिएको छ ।

क्यानले राष्ट्रिय टिमको उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई तोकेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ४ : १७ बजे

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे संसद् भवनको अनुगमन

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन सङ्घीय संसद् भवनको

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य