मधेसमा सडक बनाउन अनसन बस्ने प्रचण्डको चेतावनी « Khabarhub

मधेसमा सडक बनाउन अनसन बस्ने प्रचण्डको चेतावनी


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मधेसमा सडक तथा पूर्वाधार निर्माणका सवालमा भइरहेको ढिलाईविरुद्ध आफैं अनसनमा उत्रिन सक्ने चेतावनी दिएका छन् ।

बुधबार महोत्तरीको पिपरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सडक लगायतका पूर्वाधार निर्माणका विषयमा वर्तमान सरकार गम्भीर रहेको पनि बताए ।

प्रधानमन्त्री आफैंले समृद्धिको नेतृत्व गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले निर्माणाधीन अवस्थामा रहेका सडकको काम युद्धस्तरमा अगाडि बढाइने पनि बताए ।

महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष चयनका लागि हुने निर्वाचन केन्द्रित भएर नेकपाले बुधबार पिपरामा छठ पर्वको अवसरमा एउटा कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनकपुर–पिपरा–जलेश्वर–भित्तामोड जोड्ने सडक निर्माणको कार्यलाई तिव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री र प्रधानमन्त्रीसँग समेत कुराकानी गर्ने पनि बताए ।

‘यो सडकको विषयमा काठमाडौं फर्किएर प्रधानमन्त्रीसँग कुरा गर्नेछु, युद्धस्तरमा काम भएन भने म पार्टी अध्यक्ष भएर पनि मधेसमा गएर आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्नेछु,’ कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने ।

आफू प्रधानमन्त्री भएको बेला उक्त सडक निर्माणका लागि ठाडो आदेशमार्फत १ अर्ब रुपैयाँ विनियोजन गर्न लगाएको समेत प्रचण्डले स्मरण गराए ।

प्रचण्डले अब पनि उक्त सडक निर्माणमा विलम्ब हुने, ठेक्का प्रक्रिया छिटो टंग्याउनु काम भएमा आफू नै अनसनमा बस्ने पनि प्रचण्डले चेतावनी दिए ।

आगामी मंसिर १४ मा पिपरा गाउँपालिकाको अध्यक्ष चयनका लागि हुने उपनिर्वाचनमा आफ्नो पार्टी नेकपालाई मतदान गर्न अनुरोध गरेका प्रचण्डले आफ्नो मधेससँगको प्रेम नटुटेको बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ४ : ५२ बजे

उज्यालोका नेता भन्छन : सुदनजीले कुलमान दाइलाई फिल्मी शैलीमा उठाएर लगे

काठमाडौं- बौद्धस्थित एक होटलमा समानुपातिकको बन्दसूचीमा रहने ११० जनाको नाम

कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर

काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका

सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस

काठमाडौं– सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक

प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार

डा.अरुणको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश

काठमाडौं– आसन्न नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्ष तथा