गुह्येश्वरीमा छठको तयारी शुरु « Khabarhub

गुह्येश्वरीमा छठको तयारी शुरु


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीको दोस्रो ठूला चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ । गुह्येश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम शुरु गरेको हो । यही कात्तिक १५ गतेसम्म सबै तयारी पूरा हुने समितिका अध्यक्ष रामबाबु महासेठले जानकारी दिए ।

गत वर्ष ४५० छठघाट बनाइएकामा यस वर्ष ६५६ भन्दा बढी बनाउन लागिएको उनले जानकारी दिए । त्यसमध्ये ३०० भन्दा बढी घाट व्रतालुले लिइसकेका छन् । पछिल्लो समय पहाड एवं हिमालवासीले पनि सूर्य आराधनाको पर्व छठ मनाउन थालेका छन् । गुह्येश्वरीमा मात्र वार्षिक लाखौँ व्यक्तिले कार्तिक शुक्ल षष्ठी तिथिमा छठ पर्व मनाउने गरेका छन् ।

तराईमा धुमधामसँग मनाइने सूर्य आराधनाको पर्व छठ एक दशक अघिदेखि काठमाडौँमा पनि भव्यरुपमा मनाउन थालिएको छ । यस वर्ष कात्तिक १६ गते शनिबार छठ पर्वअन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । यस दिन राष्ट्रपति विद्यादेवी भण्डारी गुह्येश्वरी जानुभई अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा गर्नुहुने जनाइएको छ ।

यही कात्तिक १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ । छठ पर्व मनाउन सहज होस् भनी आगामी शनिबार बिहान गुह्येश्वरी क्षेत्रमा वाग्मती सफाइ महाअभियानले कार्यक्रम राखेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य राम साहले सुनाए । यही कात्तिक १७ गतेपछि पनि गुह्येश्वरी क्षेत्रमा सफाइ गरी पुरानै अवस्थामा फर्काइने जानकारी दिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ६ : ५० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा