नेवार समुदायले मनाए भाइटीका « Khabarhub

नेवार समुदायले मनाए भाइटीका


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेवार समुदायले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाएका छन् । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन भाइटीका पर्व मनाइने भए पनि यस वर्ष तिथिको घटबढ भएकाले कार्तिक शुक्ल द्वितीयाको दोस्रो दिन नेवार समुदायले यो पर्व मनाएका हुन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा मङ्गलबार नै भाइटीका लगाउनुपर्ने उल्लेख छ ।

त्यसअनुसार नेवार समुदायका कतिपय मानिसले मङ्गलबार नै भाइटीका लगाएका थिए । समितिमा सदस्य रहनुभएका कीर्तिमदन जोशी शास्त्रसम्मत् रुपमा मङ्गलबार नै भाइटीका ग्रहण गर्नुपर्नेमा राजनीतिक उद्देश्य बोकेका संस्थाको आह्वानमा नेवार समुदायलाई विभाजित गरिएको बताउँछन्।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई भाइटीका मनाइएको छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने विश्वास छ ।

लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । यस वर्ष लक्ष्मीपूजादेखि नै नेवार समुदायका केही व्यक्तिले समितिले निर्णय गरेभन्दा अलग दिन तिहार पर्व मनाएका छन् । समितिले बृहत् अन्तरक्रिया गरेर निर्णय नगर्दा चाडपर्वमा विवाद आउने गरेको छ ।

धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराई समितिको निर्णयअनुसार बिदा दिने निर्णय गरेको सरकारले तिहार लागिसकेपछि थप बिदा दिएर अन्योल सिर्जना गरेको बताए । विवाद समाधानमा भूमिका खेल्नुपर्नेमा बल्झाउन सरकार लागेको समितिमा आमन्त्रित सदस्यका रुपमा भूमिका निर्वाह गरेका वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्षसमेत रहेका उनको भनाइ छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : ३५ बजे

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।