उपनिर्वाचनका लागि बैतडीमा कांग्रेसले छान्यो उम्मेदवार « Khabarhub

उपनिर्वाचनका लागि बैतडीमा कांग्रेसले छान्यो उम्मेदवार


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- आगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले आज बैतडीको दोगडाकेदार–४ मा आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ ।

दोगडाकेदार गाउँपालिका–४ को वडा कार्यसमितिको बैठकले सुरेन्द्रप्रसाद भट्टको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको काङ्ग्रेस वडा कार्यसमिति सदस्य उमेश भट्टले जानकारी दिए ।

वडा कार्यसमितिका संयोजक चन्द्रदेव भट्टको अध्यक्षतामा सम्पन्न भएको बैठकले प्रचारप्रसारका कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाउनेसमेत निर्णय गरेको छ । बैतडीको दोगडाकेदार–४, सुर्नया गाउँपालिका– १ र पुर्चौडी नगरपालिका–४ मा अगामी मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ ।

नेकपाले यसअघि नै उपनिर्वाचन हुने सबै वडामा आफ्ना उम्मेदवार टुङ्गो लगाइसकेको छ । काङ्ग्रेसले भने अन्य २ वडा उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको छ । यसका साथै उम्मेदवार छनौटका अन्य साना दलले पनि आन्तरिक छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ९ : १५ बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद