उपनिर्वाचनका लागि बैतडीमा कांग्रेसले छान्यो उम्मेदवार « Khabarhub

उपनिर्वाचनका लागि बैतडीमा कांग्रेसले छान्यो उम्मेदवार


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- आगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले आज बैतडीको दोगडाकेदार–४ मा आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ ।

दोगडाकेदार गाउँपालिका–४ को वडा कार्यसमितिको बैठकले सुरेन्द्रप्रसाद भट्टको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको काङ्ग्रेस वडा कार्यसमिति सदस्य उमेश भट्टले जानकारी दिए ।

वडा कार्यसमितिका संयोजक चन्द्रदेव भट्टको अध्यक्षतामा सम्पन्न भएको बैठकले प्रचारप्रसारका कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाउनेसमेत निर्णय गरेको छ । बैतडीको दोगडाकेदार–४, सुर्नया गाउँपालिका– १ र पुर्चौडी नगरपालिका–४ मा अगामी मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ ।

नेकपाले यसअघि नै उपनिर्वाचन हुने सबै वडामा आफ्ना उम्मेदवार टुङ्गो लगाइसकेको छ । काङ्ग्रेसले भने अन्य २ वडा उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको छ । यसका साथै उम्मेदवार छनौटका अन्य साना दलले पनि आन्तरिक छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ९ : १५ बजे

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच