एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन « Khabarhub

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चयन गर्ने निर्णय गरेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ।

युवा नेता सुहाङ नेम्बाङ र धनकुटाबाट तीन पटक निर्वाचित राजेन्द्र राईको दाबीलाई बेवास्ता गर्दै गरिएको निर्णयप्रति एमाले कार्यकर्ता, समर्थक तथा सर्वसाधारणमा समेत आक्रोश देखिएको छ।

यही विषयमा एमाले उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि व्यक्त गरेका छन्।

उनले पार्टी अहिले गम्भीर चुनौतीको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो बेला व्यापक पुनर्गठन र एकतामार्फत् जनविश्वास पुनःस्थापित गर्नुपर्ने बताएका छन्।

भट्टराईले निर्वाचनपछि पार्टीलाई धक्का लागेको, नेतृत्वप्रति जनगुनासो बढेको र समग्र आन्दोलन प्रतिकूल अवस्थाबाट गुज्रिरहेको उल्लेख गरेका छन्।

यस्तो अवस्थामा संसदीय दलको नेता चयन गर्ने प्रक्रियाले पार्टीपंक्तिलाई थप चिन्तित बनाएको उनको भनाइ छ।

उनले केही समय लिएर नेतृत्व र सांसदहरूबीच छलफलमार्फत् सहमति कायम गर्नुपर्नेमा हतारमा सांसदहरूलाई दबाबमा राखेर प्रक्रिया अघि बढाइएको आरोपसमेत लगाएका छन्।

एमालेभित्र बढ्दो असन्तुष्टिले आगामी दिनमा पार्टी एकता र आन्तरिक राजनीतिमा थप प्रभाव पार्ने संकेत देखिएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ६ : ३१ बजे

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर