जहाँ मन्दिरबाट प्रसादका रुपमा बाँडिन्छ भक्तजनलाई सुनचाँदीका गर-गहना ! « Khabarhub

जहाँ मन्दिरबाट प्रसादका रुपमा बाँडिन्छ भक्तजनलाई सुनचाँदीका गर-गहना !


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- सामान्यतयाः मन्दिरमा पुगेका भक्तजनलाई मुल पुजारीले फूलपाती र अक्षता प्रसादका रुपमा दिने गर्छन् ।

मन्दिरमा पुग्ने सबैले अरुको प्रसादका लागि मन्दिरबाट ल्याउने भनेको फूलपाती र अक्षेता नै हो । तर कुनै मन्दिरमा प्रसादका रुपमा सुन चाँदीका गहना वितरण हुन्छ भन्ने पत्याउन मुस्किल नै पर्छ । तर भारतमा एक यस्तो मन्दिर छ जहाँ प्रसादका रुपमा भक्तजनालई गहना वितरण गरिन्छ ।

यो मध्यप्रदेशस्थित रतलाममा रहेको महालक्ष्मीको मन्दिर हो । यो दुनियाको एउटा मात्र यस्तो मन्दिर हो जहाँ प्रसादको रुपमा दर्शनार्थीले सुनचाँदीका गहना पाउँछन् । वर्षमा केही दिन मात्र उक्त मन्दिरमा कुबेरको दरबार लाग्छ । त्यस समयमा भक्तजनलाई प्रसादको रुपमा सुन तथा चाँदीका गहनाका साथै नगद समेत दिने परम्परा छ ।

वर्षका अन्य दिनमा ठूलो संख्यामा आउने भक्तजनले मन्दिरमा प्रसस्त सुनचाँदी तथा भेटी चढाएका हुन्छन् । दिपावली लगायतका पर्वमा यस मन्दिरमा भक्तजनले गरगहना चढाउने गर्छन् । अन्य दिनहरुमा भक्तजनहरुले चढाएका सुनचाँदी र धनमध्येको केही भाग कुबेर दरबारको पर्व लागेको बेला भक्तजनलाई प्रसादको रुपमा प्रदान गर्ने गरिन्छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ९ : ०० बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको