रातो मच्छिन्द्रनाथको पुनःनिर्माण पनि रानी पोखरीकै मोडलमा गरिने « Khabarhub

रातो मच्छिन्द्रनाथको पुनःनिर्माण पनि रानी पोखरीकै मोडलमा गरिने


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण उपभोक्ता समति मार्फत गरिने भएको छ ।

सिंहदरबारस्थित राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यालयमा सोमबार बसेको बैठकले रातो मच्छिन्द्रनाथको मन्दिरको पुनःनिर्माण उपभोक्ता समिति मार्फत गराउने निर्णय गरेको हो ।

यसअघि श्रीलंका सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण अघि बढाइएको थियो । पूर्वयोजना अनुसार मन्दिर पुनःनिर्माण अघि नबढेपछि ठेक्का तोडिएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण प्राधिकरणको विशेष प्राथमिकतामा परेकाले रानी पोखरीमा अपनाइएको मोडेलअनुसार उपभोक्ता समितिमार्फत पुनःनिर्माण गरिने निर्णय भएको जानकारी दिए ।

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माणको अनुगमनका लागि प्राधिकरणको नेतृत्वमा समिति पनि गठन गरिने भएको छ ।

बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली, संघीय सांसद पम्फा भुसाल, प्रदेश सभासद जीवन खड्का, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, पुरातत्व विभागका प्रतिनिधि, वडाध्यक्ष सहभागी थिए ।

ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले समयतालिका बनाएर रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण गरिनु पर्नेमा जोड दिँदै आवश्यक सहयोग गर्न महानगर तयार रहेको बताए ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ११ : ३५ बजे

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ