विप्लव समूहका युवा नेताद्वारा प्रशासनमा आत्मसर्मपण « Khabarhub

विप्लव समूहका युवा नेताद्वारा प्रशासनमा आत्मसर्मपण


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)निकट युवा सङ्गठनका बाग्लुङ जिल्ला सचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गरेका छन् ।

गलकोट नगरपालिका–४ का सुनारले सो समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउँदै सोमबार प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरीक्षक नवराज भट्टलगायतको रोहबरमा आत्मसर्मपण गरेका हुन् ।

सो अवसरमा उनले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा समेत गरेका छन्

‘नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु,’ उनले विज्ञप्तीमा भनेका छन् ।

विप्लव समूहमा लागेर विध्व‌ंसकारी गतिविधमा संलग्न रहेको अभियोगमा पक्राउ परेका सुनारलाई जिल्ला अदालत बाग्लुङले आइतबार १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १२ : २३ बजे

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

निर्वाचन नै अन्तिम विकल्प : अर्थमन्त्री खनाल

तिलोत्तमा– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन अन्तिम विकल्प रहेको बताएका छन् 

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,