‘स्वयम्भू जाउँ, नेपाल पर्यटन बर्ष मनाऔं’ « Khabarhub

‘स्वयम्भू जाउँ, नेपाल पर्यटन बर्ष मनाऔं’

बुधवारबाट सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक महोत्सव


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिकता, मौलिकता, धार्मिक सहिष्णुता र स्थानीय जातीय बिविधताको प्रचार–प्रसार गरी पर्यटन प्रबर्धन गर्ने उद्देश्यले भोलि (पुष १६) देखि सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

कार्यक्रमका बारेमा जानकारी दिने उद्देश्यले आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा वडा १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले कार्यक्रम महोत्सवका रुपमा सञ्चालन हुने बताए ।

यो पर्यटन व्यवस्थापनसँग सम्बन्धित संघ संस्था र स्थानीयको सहभागितामा सञ्चालन हुने पर्यटन प्रवर्धनको कार्यक्रम हो । समुदाय साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन हुने कार्यक्रमले पर्यटन प्रबर्धनका अतिरिक्त समाजमा शान्ति सुरक्षा, घरेल हिंसा, यौन हिंसाजस्ता सामाजिक अपराधका क्षेत्रमा सचेतना फैलाउन सहयोग गर्नेछ ।

डंगोलका अनुसार कार्यक्रममा स्थानीय संघसंस्था तथा परम्परागत समूहको साथै नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीको सांस्कृतिक प्रस्तुति हुनेछ ।

पत्रकार भेटका क्रममा बोल्दै महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले यसप्रकारका कार्यक्रमबाट समुदायसँगको सम्बन्ध अझ नजिक हुने र जनतासँग नजिक बसेर काम गर्न सकिने आशा व्यक्त गरे ।

कार्यक्रम भोलि बिहान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यता र महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा आयोजना हुने औपचारिक समारोहबाट हुनेछ ।

सप्ताहव्यापी कार्यक्रममा घरेलु तथा हस्तकलाका सामाग्री र खानेकुराका स्टलहरु रहनेछन् । यस कार्यक्रमबाट नेपाल पर्यटन वर्षका कार्यक्रममा टेवा पुग्ने तथा काठमाडौंलाई सांस्कृतिक सहरका रुपमा परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

‘स्वयम्भू जाउँ, नेपाल पर्यटन बर्ष मनाऔं’ नारासहित आयोजना हुने कार्यक्रम वडा १५ र महानगरीय प्रहरी वृत्तको संयुक्त आयोजनामा हुनेभएको हो ।

कार्यक्रममा नेपाल प्रहरीसहित ट्राफिक प्रहरी, पर्यटक प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय सामुदायिक संघ संस्था, होटल व्यवसायी र सरोकारवालाको सहभागिता हुनेछ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १ : ४९ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले