चिनी मिल सञ्चालकको खोजी गर्न प्रहरीलाई गृह मन्त्रालयको पत्र « Khabarhub

चिनी मिल सञ्चालकको खोजी गर्न प्रहरीलाई गृह मन्त्रालयको पत्र


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले किसानलाई उखुको भुक्तानी नदिने चिनी मिल सञ्चालक (उद्योगी)हरुको खोजी गर्न नेपाल प्रहरीलाई पत्राचार गरेको छ ।

गृहको पत्रमा लामो समयसम्म किसानको उखुको भुक्तानी नदिएका चिनी मिलका सञ्चालकलाई खोजी गरी उद्योग वाणिज्य तथा उद्योग मन्त्रालयको जिम्मा लगाउन भनिएको छ ।

अहिले उखु किसानहरु चिनी मिलबाट भुक्तानी नपाएको भन्दै विरोध प्रदर्शनका लागि काठमाडौं उत्रिएका छन् ।

लामो समयसम्म उखु किसानको बक्यौता नतिर्ने महालक्ष्मी सुगर मिल र अन्नपूर्ण सुगर मिलका सञ्चालकको खोजी उद्योग मन्त्रालयको जिम्मा लगाइदिन भनिएको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।

हाल काठमाडौंमा आन्दोलनरत किसानहरुले महालक्ष्मी सुगर मिलले २१ करोड र अन्नपूर्ण सुगर मिलले ५० करोड रुपैयाँ नतिरेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  २ : २७ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले