डोट्याली लोकसंस्कृतिको पुस १५– असिका, माणा, निसौसे, रोट खाँदै मनाउँछन् स्थानीय « Khabarhub

डोट्याली लोकसंस्कृतिको पुस १५– असिका, माणा, निसौसे, रोट खाँदै मनाउँछन् स्थानीय


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

धनगढी– डोट्याली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको ‘पुसे १५’ पर्व सुदूरपश्चिम प्रदेशमा आज (मंगलबार) हर्षोल्लासपूर्वक मनाइँदै छ । एकापसमा ‘लोक कथा’ र ‘दन्त्य कथा’ सुन्ने र सुनाउने पर्वका रुपमा यसलाई लिइने गरिन्छ । डोट्याली लोकसंस्कृतिमा ‘पुसे १५’लाई विशेष महत्वका रुपमा लिइन्छ ।

पुस १५ को रातलाई ‘ठूली रात’ मानेर घरमा मीठा खानाका परिकार पकाएर खाने र रातभर जाग्राम बस्ने, डेउडा खेल्ने परम्परा रहीआएको छ । दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेरिन्छ । पुस १५को रात वर्षभरिकै सबैभन्दा लामो रात मानिन्छ ।

छर छिमेक एक घरमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, तरुल, पिडालु, सखरखण्डलगायतका कन्दमूल खाने गरिन्छ । साथै पाकेको फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटलगायतका डोट्याली खानाका मीठा परिकार बनाएर खाने र वृद्धवृद्धाबाट लोक कथा एवं दन्त्य कथा सुन्ने सुनाउने प्रचलन पनि छ ।

स्थानीय डिल्लीराज भट्ट पुस १५ गतेको रातमा १५ हात लामो दाउराको मुढोको आगो ताप्नुपर्ने र आपसमा हाँसो–ठट्टा गरी रमाइलो गर्दै रात बिताउनुपर्ने चलन रहेको बताउँछन् ।

पुस १५ पर्वको तयारीस्वरुप हरेक घरका गृहेणीले आआफ्नो घरमा खानाका मीठा परिकार पकाउने तयारीमा लागेका छन् । पर्वमा विवाहिता छोरीबेटीलाई घरमा आमन्त्रण गरी भव्यरुपमा स्वागत र सत्कार गर्ने गरिन्छ ।

विशेष गरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहेको भए पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्साउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको जानकारको भनाइ छ । पर्वको मौलिकपना लोप हुन नदिन सबै सचेत हुन जरुरी देखिन्छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  २ : ४८ बजे

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।