सभामुखको विषयमा ओली–प्रचण्ड सहमति नजुट्दा प्रतिनिधिसभा बैठक ११ दिनका लागि स्थगित « Khabarhub

सभामुखको विषयमा ओली–प्रचण्ड सहमति नजुट्दा प्रतिनिधिसभा बैठक ११ दिनका लागि स्थगित


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको सभामुख तोक्ने विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सहमति नजुट्दा प्रतिनिधिसभाको बैठक पुस २७ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख चयनको विषयमा सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच मंगलबार करिब २ घण्टासम्म छलफल चलेको थियो ।

तर, सभामुखको विषयमा दुई नेताबीच सहमति हुन सकेन । सभामुखको विषयमा सहमति जुट्न नसक्दा बुधबार (पुस १६ गते) बस्ने भनिएको बैठक सूचना टाँस गरी ११ दिनका लागि स्थगित गरिएको हो ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते (आइतबार) दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यसअघि पनि पुस ११ गते बस्ने भनिएको प्रतिनिधिसभा बैठक १६ गतेका लागि सारिएको थियो ।

कृष्णबहादुर महरा जबरजस्ती करणी उद्योग (बलात्कार) प्रयासको अभियोगमा पुर्पक्षका लागि जेल चलाउन भएपछि सभामुख पद खाली भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेदेखि संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् ।

प्रतिनिधिसभा बैठक पुस ४ गते बसेपनि त्यसपछि निर्धारण गरिएको बैठक सूचना टाँस गरी स्थगित हुँदै आएको छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ३ : २२ बजे

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको