धनगढीबाट २ किलो ‘नक्कली’ सुनसहित १ जना पक्राउ « Khabarhub

धनगढीबाट २ किलो ‘नक्कली’ सुनसहित १ जना पक्राउ


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीमा २ किलो ४ सय ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित १ जना पक्राउ परेका छन् ।

धनगढी बसपार्कबाट १ जनालाई २ किलो सुनजस्तो देखिने पहेँलो धातुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश ठाकुरले जानकारी दिए ।

प्रारम्भिक परीक्षणका क्रममा बरामद भएको बस्तु नक्कली सुन भएको भेटिएको इन्सपेक्टर ठाकुरको भनाइ छ ।

‘बरामद भएको बस्तु सुनजस्तो देखिन्छ । तर, सक्कली हो कि हैन भनेर सुन चाँदी व्यवसायीकहाँ लगेर प्रारम्भिम परीक्षण गरेका छौं,’ ठाकुरले खबरहबसँग भने, ‘प्रारम्भिक परीक्षणका क्रममा उक्त बस्तु सुन नभएको देखिएको छ । यद्यपि, विस्तृत परीक्षणका लागि ल्याब पठाएको छौं । ल्याब रिपोर्ट आएपछि मात्रै थप भन्न मिल्छ ।’

प्रहरीले सुनजस्तो देखिने बस्तुसहित १ जना पक्राउ गरेको जनाए पनि नाम भने सार्वजनिक गरेको छैन ।

उक्त प्रकरणमा अन्य व्यक्ति पनि संलग्न भएको देखिएका कारण अन्य व्यक्तिको खोजीमा असर पुग्ने भन्दै प्रहरीले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गर्न नमिल्ने जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ४ : ४३ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि