लगानी प्रवर्द्धन गर्न उद्योग परिसंघ र बैंकर्स संघबीच सम्झौता « Khabarhub

लगानी प्रवर्द्धन गर्न उद्योग परिसंघ र बैंकर्स संघबीच सम्झौता


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघबीच निजी लगानी प्रवर्द्धन गरी आर्थिक विकासमा सहकार्य गर्ने  विषयमा सम्झौता भएको छ।

परिसंघका अध्यक्ष शतीशकुमार मोर र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

परिसंघका अध्यक्ष मोरले समग्र लगानीको वातावरण बनाउन उद्योगी तथा बैंकहरू एकअर्काका परिपूरक भएकाले यो समझदारी महत्वपूर्ण रहको बताए। यस्तै बैंकर्स संघका अध्यक्ष ढुंगानाले बैंकिङ क्षेत्रमा आएका नयाँ नयाँ व्यवस्थालाई लगानीमैत्री बनाउन आपसी सहकार्य अर्थपूर्ण हुने बताए ।

समझादारीअनुसार, उद्योग परिसंघ र बैंकर्स संघले दुवै पक्षको क्षमता अभिवृद्धिका लागि संयुक्त रूपमा अध्ययन, अनुसन्धान तथा तालिम कार्यक्रमहरू आयोजना गर्ने छन्।

यसैगरी वित्तीय तथा मौद्रिक नीति निर्माणका साथै सम्बन्धित ऐन नियमावलीको परिमार्जनमा साझा हितका विषयमा सरोकारवाहरूसँग सयुक्त रूपमा संवाद तथा छलफलका लागि समेत सहकार्य गर्ने समझदारीमा उल्लेख छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ६ : ३० बजे

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ– केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको