लगानी प्रवर्द्धन गर्न उद्योग परिसंघ र बैंकर्स संघबीच सम्झौता | Khabarhub Khabarhub

लगानी प्रवर्द्धन गर्न उद्योग परिसंघ र बैंकर्स संघबीच सम्झौता


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघबीच निजी लगानी प्रवर्द्धन गरी आर्थिक विकासमा सहकार्य गर्ने  विषयमा सम्झौता भएको छ।

परिसंघका अध्यक्ष शतीशकुमार मोर र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

परिसंघका अध्यक्ष मोरले समग्र लगानीको वातावरण बनाउन उद्योगी तथा बैंकहरू एकअर्काका परिपूरक भएकाले यो समझदारी महत्वपूर्ण रहको बताए। यस्तै बैंकर्स संघका अध्यक्ष ढुंगानाले बैंकिङ क्षेत्रमा आएका नयाँ नयाँ व्यवस्थालाई लगानीमैत्री बनाउन आपसी सहकार्य अर्थपूर्ण हुने बताए ।

समझादारीअनुसार, उद्योग परिसंघ र बैंकर्स संघले दुवै पक्षको क्षमता अभिवृद्धिका लागि संयुक्त रूपमा अध्ययन, अनुसन्धान तथा तालिम कार्यक्रमहरू आयोजना गर्ने छन्।

यसैगरी वित्तीय तथा मौद्रिक नीति निर्माणका साथै सम्बन्धित ऐन नियमावलीको परिमार्जनमा साझा हितका विषयमा सरोकारवाहरूसँग सयुक्त रूपमा संवाद तथा छलफलका लागि समेत सहकार्य गर्ने समझदारीमा उल्लेख छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ६ : ३० बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा