उखु किसानको आन्दोलनप्रति महास‌ंघको ऐक्यबद्धता « Khabarhub

उखु किसानको आन्दोलनप्रति महास‌ंघको ऐक्यबद्धता


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उखुको मूल्य पाउनुपर्ने मागसहित किसानले जारी राखेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल घरेलु तथा साना उद्योग महास‌ंघको ध्यानाकर्षण भएको जनाएको छ । विगत चार वर्षदेखि चिनी मिललाई उखु बिक्री गरेका किसानले हालसम्म पनि उखुको भुक्तानी नपाएकाले देशको विभिन्न भागबाट चिनी मिल पीडित उखु किसान काठमाडौंमा भेला भई आन्दोलित हुनुपर्ने अवस्था आउनु दुःखद् रहेको महास‌ंघको भनाइ छ ।

एकवर्ष अघि नै किसानको उखुको भुक्तानी दिने सम्बन्धमा निजी क्षेत्र समेतको सहभागीतामा उद्योग मन्त्रालयमा सहमति भइसकेको विषयमा हालसम्म पनि किसानले भुक्तानी नपाउनु गम्भीर विषय भएको महास‌ंघको ठहर छ ।

उखु किसान महासङ्घका पनि सदस्य रहेको हुँदा उनीहरुको आन्दोलनप्रति महास‌ंघको ऐक्यबद्धता रहेको अध्यक्ष श्यामप्रसाद गिरीले बताए । महास‌ंघले चिनी उद्योगीलाई उखु किसानको रकम अविलम्ब भुक्तानी दिन आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १० : ४५ बजे

कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले यही साउन ६

मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी

जनकपुरधाम – मुक्त हरवा चरवा समुदायको जलवायु न्याय, सामाजिक समावेशीकरण

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन

नेपालगञ्ज – नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

विश्वकप फाइनल : यस्ता छन् मैदानभित्रका सम्भावित ब्याटल

काठमाडाैं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा आइतबार स्पेन

झापाका किसानलाई रासायनिक मलको अभाव

झापा – धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला झापामा रासायनिक