बग्दादस्थित अमेरिकी दूतावासमा आगजनी | Khabarhub Khabarhub

बग्दादस्थित अमेरिकी दूतावासमा आगजनी


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इराक- इराककाे राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

इरानसमर्थित मिलिसिया समूहलाई लक्षित गरेर अमेरिकाले हवाई हमला शुरु गरेपछि प्रदर्शनकारीले दूतावासमा आगजनी गरेका हुन्।

ठूलो समूहमा आएका प्रदर्शनकारी दूतावास कम्पाउन्डभित्रै पसेर तोडफोड तथा आगजनीमा संलग्न भएका थिए । स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले टियर ग्यास समेत प्रहार गर्नुपरेको थियो ।

प्रदर्शनकारीले झ्याल तोडफोड गर्नुका साथै कार्यालयका सामान बाहिर ल्याएर जलाएका अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ।

इरान समर्थक प्रदर्शनकारी इराकको पपुलर मोबिलाइजेसन युनिटसँग आबद्घ रहेका जनाइएको छ। अबु महदी अल-मुहाद्दिनसहित मिलिसिया समूहका तीन नेताहरूसमेत प्रदर्शनमा सहभागी भएका थिए।

इरानी समर्थक मिलिसिया समूहका नेताहरूलाई अमेरिकाले हवाई हमलामा निसाना बनाएको छ। पछिल्लो सातामा अमेरिकाले गरेको रकेट हमलामा कतैब हिजबुल्लाह समूहका मिलिसियासहित २५ जनाको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन्।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ८ : २५ बजे

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण