बग्दादस्थित अमेरिकी दूतावासमा आगजनी « Khabarhub

बग्दादस्थित अमेरिकी दूतावासमा आगजनी


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इराक- इराककाे राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

इरानसमर्थित मिलिसिया समूहलाई लक्षित गरेर अमेरिकाले हवाई हमला शुरु गरेपछि प्रदर्शनकारीले दूतावासमा आगजनी गरेका हुन्।

ठूलो समूहमा आएका प्रदर्शनकारी दूतावास कम्पाउन्डभित्रै पसेर तोडफोड तथा आगजनीमा संलग्न भएका थिए । स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले टियर ग्यास समेत प्रहार गर्नुपरेको थियो ।

प्रदर्शनकारीले झ्याल तोडफोड गर्नुका साथै कार्यालयका सामान बाहिर ल्याएर जलाएका अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ।

इरान समर्थक प्रदर्शनकारी इराकको पपुलर मोबिलाइजेसन युनिटसँग आबद्घ रहेका जनाइएको छ। अबु महदी अल-मुहाद्दिनसहित मिलिसिया समूहका तीन नेताहरूसमेत प्रदर्शनमा सहभागी भएका थिए।

इरानी समर्थक मिलिसिया समूहका नेताहरूलाई अमेरिकाले हवाई हमलामा निसाना बनाएको छ। पछिल्लो सातामा अमेरिकाले गरेको रकेट हमलामा कतैब हिजबुल्लाह समूहका मिलिसियासहित २५ जनाको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन्।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ८ : २५ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका