स्कुटर चालकलाई घरमै बोलाएर पूर्वप्रधानमन्त्री चन्दले मागे माफी, एउटै गाडी किन्दा बिल फरक–फरक ! « Khabarhub

स्कुटर चालकलाई घरमै बोलाएर पूर्वप्रधानमन्त्री चन्दले मागे माफी, एउटै गाडी किन्दा बिल फरक–फरक !


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज चैत १७ गते आइतबार । आज प्रकाशित भएको नागरिक दैनिकले पहिलो पृष्ठमा तीन वटा समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ ।

नागरिकले १७ परियोजनामा विदेशी इच्छुक भन्दै मुख्य समाचार प्रकाश गरेको छ । जसमा सरकारले लगानी सम्मेलनमा सोकेस गरेका ७७ परियोजनामध्ये १७ वटामा लगानी गर्न विदेशी लगानीकर्ता इच्छुक देखिएको उल्लेख गरिएको छ ।

त्यस्तै भीआइपीको पछुवा गाडीले ठक्कर दिएपछि शीर्षकमा पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको गाडीले शुक्रवार बानेश्वरमा स्कुटरलाई ठक्कर दिएको समाचार छापेको छ ।

चार तस्वीर सहित नागरिकले छापेको समाचारमा लेखिएको छ,‘पूर्वप्रधानमन्त्री चन्दले आफ्नो सुरक्षामा खटिएको पछुवा गाडीले ठक्कर दिएका स्कुटर चालक सन्तोष कुँवर र उनकी पत्नीलाई लोकन्थलीस्थित निवासमा बोलाएर घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

चन्दले शनिवार अपराह्न ५ बजेतिर स्कुटर चालकलाई आफ्नै निवासमा बोलाएर गल्ती भएको र माफीमागेको कुँवरले बताए ।

पूर्व प्रधानमन्त्री चन्दले केही भएको भए उपचार गर्छु भनेर आफूलाई भनेको कुँवरले बताएको भन्दै नागरिकले छापेको छ ।

त्यस्तै स्थानीय तहमा बढ्दै बेथिति शीर्षकको समाचार नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा जनाइए अनुसार स्थानीय तहको बजेट सवारी साधन खरिदमै सकिएको छ । र एकै खालका गाडीको मूल्यको बील पनि स्थानीय तह अनुसार फरक फरक रहेको पाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ६ : ५० बजे

यामको कार्साङमा दयाहाङ अनुबन्धित

काठमाडौं– अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका

राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका आयोजना इपिसीएफ अवधारणामा बनाइनुपर्ने

काठमाडौँ– सांसद रघुवीर महासेठले बजेटको कार्यान्वयन पक्षबारे प्रश्न उठाएका छन्

मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्वपूर्ण

गण्डकी– भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा

बुधबार सेयर बजारमा ४.६८ अंकको वृद्धि

काठमाडौँ– सेयर बजार बुधबार ४.६८ अंकले बढेको छ । नेप्से

राष्ट्रियसभा बैठक : बजेटबारे सांसदको मिश्रित प्रतिक्रिया

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेटका बारे