म्यानपावरविरुद्ध उजुरीका चाङ, पीडितका गुनासा सुन्दैन सरकार | Khabarhub Khabarhub

म्यानपावरविरुद्ध उजुरीका चाङ, पीडितका गुनासा सुन्दैन सरकार


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–व्यवस्थित वैदेशिक रोजगारीका लागि सरकारले गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिरहेको छ । तर, विगत लामो समयदेखि पीडित बनेका युवाको समस्या समाधानका लागि सरकारी संयन्त्रले प्रभावकारी काम गरेको छैन ।

म्यानपावर व्यवसायीले ठगी गरेको आरोपमा दैनिक ७ जनाभन्दा बढीको उजुरी आउने गरेपछि २५ वर्षको अवधिमा १ सय ५४ वटा म्यानपावरको मात्र अनुगमन गरिएको छ ।

रोजगारी पीडितले दिएको उजुरीका आधारमा विभागले अनुगमनमा चासो नदिदाँ वैदेशिक रोजगारीको खोजीमा जाने युवा म्यानपावरमार्फत ठगिने क्रम बढदो छ । उजुरी दर्ता भएपनि कर्मचारीले समस्या समाधानका लागि कुनै पहल नगर्ने गुनासो उजुरीकर्ता कामदारको आरोप छ ।

हाल विभागमा कामदार पठाउन विभागबाट करिब १ हजार ४ सय म्यानपावरले इजाजत लिएका छन् । जसका ७ सय ८० म्यानपावरले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गदै आएका छन् ।

विभागमा दर्ता भएका कतिपय म्यानपावर कम्पनीले नै अमेरिका, क्यानडा, जापान, रसिया, पोल्यान्डलगायतका विकशित देश रोजगारीमा पठाइदिने प्रलोभन देखाए प्रतिव्यक्ति १२ लाखभन्दा बढी रकम असुल्दै आएको उजुरी विभाग पर्ने गरेको छ यसरी ठगिमा संग्लन म्यानपावरको समेत विभागले अनुगमन नगर्ने गरेको पाइएको छ ।

चालु आर्थिक वर्ष सुरु भएको ८ महिनामा रोजगारीका क्रममा म्यानपावर कम्पनीमा नाममा रोजगारी पीडितले ६ सय मुदाँ दर्ता गरेका छन् । विभागमा दैनिक ५ देखि ७ जना रोजगारी पीडित म्यानपावरबाट ठगिएको भन्दै उजुरी गर्ने आउने गरेको विभागले जनाएको छ । म्यानपावरले राखेका प्रतिनिधि एजेन्टले धेरै कामदार ठगि गरेको उजुरी विभागमा पर्ने गरेको छ ।

रोजगारपीडित ठगिएको समस्या लिएर आउपनि आन्तरिक समस्याका कारण म्यानपावर कम्पनीमाथि अनुसन्धान तथा नियमित अनुगमन प्रक्रियालाई प्रभावकारी बनाउन नसकिएको विभागका महानिर्देशक दिलिपकुमार चापागाईंले बताँउछन् ।

विभागमा सीमित कर्मचारी भएकाले रोजगारपीडितले दिएको उजुरीको आधारमा म्यानपावरमाथि अनुगमन गर्न सम्भव नभएको महानिर्देशक चापागाईंले स्वीकार गर्छन ।

‘विभागमा पीडितले दिएको उजुरीको आधारमा तत्काल म्यानपावरमा अनुमगन गर्नसक्ने भौतिक साधनको अभाव छ । जसोतसो समय मिलाएर बेला–बेलामा म्यानपावरमाथि अनुगमन गदै आएको छौं ।’ महानिर्देशक चापागाईंले भने, ‘देश संघीयतामा गएपछि कर्मचारी समायोजन र स्थानिय तहमा सरुवा भएरका कारण विभागमा थोरै कर्मचारीले काम गर्नुपर्ने अवस्था छ ।’

रोजगारीका नाममा भइरहेको ठगि नियन्त्रण प्रयास र कडा रुपमा लागि परेर काम गरिरहेको उनको भनाइ छ । सरकारले म्यानपावर कम्पनी मार्फत १ सय ११ र व्यक्तिगत १ सय ७२ वटा देशका लागि श्रम स्वीकृति जारी गर्दै आएको छ ।

फ्रि भिसा र फ्रि टिकट लागू , कार्यन्वयनको पाटो फितलो

साउदी, कतार, ओमान, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया जाने नेपाली श्रमिक हकमा ‘फ्री भिसा, फ्रि टिकट’ सरकारले २०७२ साल असारदेखि लागू गरेको थियो ।

विभागले म्यानपावर कम्पनीमाथि अनुगमन गर्न नसक्दा सरकारले ३ वर्ष अघि ल्याएको ‘फ्री भिसा र फ्री टिकट’को व्यवस्था कार्यान्वयन तह फितलो भएको पाइन्छ । यी देशका लागि सरकारले तोकेको लागत रकम १० हजार रुपैयाँ छ । तर, यी देशमा जाने कामदारले पनि सरकारले तोकेको शुल्कभन्दा कयौ गुणा धेरै रकम तिर्नुपर्ने बाध्यता छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई नै भनेर लागू गरेको फ्रि भिसा र फ्रि टिकट कार्यान्वयनमा विषेश चासो नदेखाउदाँ यसका फाइदा लिन श्रमिक बञ्चित भएको वैदेशिक रोजगारज्ञिन गणेश गुरुङ बताँउछन् ।

सरकारले फ्रि भिसा फ्रि टिकट लागू गरेका देश जाने कामदारले रोजगारीमा जानुअघि म्यानपावरलाई देशअनुसार ८० हजारदेखि २ लाखसम्म तिर्ने गरेको उजुरी विभागमा दैनिक आउने गरेको छ ।

खाडी र मलेसियाका देश रोजगारीका जाने धेरै कामदार आर्थिक शोषणमा पर्ने गरेका छन् । चालु आर्थिक वर्षको ८ महिनामा म्यानपावर र व्यक्तिले ठगेको ४० करोडको विगो दावीसहित विभागमा पीडितले उजुरी गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ८ : १० बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न