प्रियंका र निक जोनसको 'डिभोर्स' हुन लागेको हो ? | Khabarhub Khabarhub

प्रियंका र निक जोनसको ‘डिभोर्स’ हुन लागेको हो ?


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अमेरिकाबाट प्रकाशित ओके नामक म्यागजिनले बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड अभिनेता तथा गायक निक जोनसको सम्बन्धमा दरार आएको समाचार लेखेको छ । समाचारका अनुसार तीन महिनाअघि मात्र बिहे गरेका निक–प्रियंकाले डिभोर्स गर्ने तयारीमा छन् ।

उक्त म्यागेजिनले लेखेको छ, ‘उनीहरुबीच छोटो समयमा नै एकअर्काप्रति वितृष्णा उत्पन्न भएको छ, दुवै डिभोर्स गर्ने सहमतिमा पुगिसकेका छन् ।’

निक जोनस र प्रिंयका चोपडाले तीन महिनाअघि धुमधाम बिहे गरेका थिए । प्रियंकाभन्दा १० वर्ष कान्छा जोनस व्यवहारिक भएको तर प्रियंका भने ‘केटाकेटी’जस्तो भएको समाचारले लेखेको छ ।

समाचारमा उल्लेख छ, ‘उनीहरु हरेक विषयमा झगडा गरिरहेका हुन्छन्, उनीहरुले हतारमा बिहेको निर्णय लिइरहेका थिए, अहिले पछुताइरहेका छन्, दुवैको वैवाहिक सम्बन्ध एउटा परालको त्यान्द्रोमा अल्झिएको छ ।’

समाचारलाई आधार मान्ने हो भने निकको परिवारले पनि प्रियंकालाई छिटो सम्बन्ध तोड्न दबाब दिइरहेको छ । समाचारका अनुसार निकले बिहेअघि प्रियंकालाई सरल र कुल केटीका रुपमा लिएका थिए । तर, अहिले व्यवहार बदलिएको छ । प्रियंकाले निकलाई आफ्नो नियन्त्रणमा राख्न खोजिरहेकी छिन् ।

यो जोडीले हिन्दू र क्रिस्चियन धर्म अनुसरण गर्दै दुवै धर्मअनुसार बिहे गरेका थिए । समाचारलाई ओके म्यागजिनले आफ्नो कभर स्टोरी बनाएर छापेको छ ।

प्रियंकाको परिवारले भने समाचारलाई हावादारी भएको टिप्पणी गरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ११ : ५२ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास