प्रचण्ड भन्छन्– व्यक्तिगत रुपमा मलाई अब कुनै डर छैन « Khabarhub

प्रचण्ड भन्छन्– व्यक्तिगत रुपमा मलाई अब कुनै डर छैन


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शान्तिप्रक्रियाका सबै काम सम्पन्न भइसकेकाले आफूलाई व्यक्तिगत रुपमा कुनै डर नभएको बताएका छन् ।

आफूविरुद्ध विभिन्न ठाउँमा उजुरी दिने काम भइरहे पनि त्यसबारे आफूलाई कुनै डर नभएको प्रचण्डको भनाइ छ ।

रिपोर्टर्स क्लब नेपाल वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘शान्तिप्रक्रियासँग जोडेर कतिपय मानिसले मलाई प्रचण्ड डराएको जस्तो ठान्छन्, तर मलाई अब कुनै डर छैन । शान्ति सम्झौता भएको छ, संविधान बनेको छ, देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको, देश अब समृद्धितिर जाँदैछ, व्यक्तिगत रुपमा अब मलाई न त कुनै डर छ, न त कुनै लोभ छ ।’

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका बेला आफूविरुद्ध उजुरी हाल्ने काम भएकोभन्दै प्रचण्डले त्यसप्रति असन्तुष्टि जनाए ।

‘विदेशमा रहेका केही नेपालीले शान्ति सम्झौतालाई आपराधिक सम्झौताको रुपमा अथ्र्याउने, त्यसमा सहभागी नेतालाई अपराधीको रुपमा अथ्र्याउने काम भएको छ,’ प्रचण्डले भने, ‘भर्खरै अमेरिका जाँदा मैले त्यो अनुभव गएर आए । वाशिङ्टन डिसीमा बस्दै गर्दा त्यहाँको कांग्रेस निकट कमिटीले निर्णय गरेको भनेर बाहिर आयो,’ प्रचण्डले भने, ‘हामी शान्तिप्रक्रियाको समर्थन गछौं, राजनीतिक स्थायित्वको समर्थन गर्छौं भने एउटा नेपालीले दुनियाका अगाडि त्यो प्रक्रियामा सहभागी नेतालाई हत्यारो भन्नु कति उपयुक्त हो ?’

शान्ति प्रक्रियाका सन्दर्भमा देशभित्रै केही मत–मतान्तर हुनु स्वभाविक भएपनि देश बाहिर रहेका नेपालीले शान्ति प्रक्रियालाई गलत सिद्ध गर्नेगरी विभिन्न नेताहरुविरुद्ध उजुरी दिने काम गरेको प्रचण्डको भनाइ थियो ।

(प्रचण्ड)ले आफुलाई अमेरिकामा फसाउन खोजीएको र अमेरिकी सरकारले ‘नो इन्भेस्टीगेशन’ सर्कुलर जारी नगरेको भए जे पनि हुनसक्ने बताए ।

प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि १० दिने अमेरिका भ्रमण सकेर गत बिहिबा स्वदेश फर्केका हुन् । प्रचण्ड अमेरिका भ्रमणमा जाँदा पक्राउको माग गर्दै तिलक श्रेष्ठले एफबीआईमा उजुरी गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  १२ : ११ बजे

शीतलहरबाट आठ हजार परिवार प्रभावित हुने

दोधारा चाँदनी- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५

औरहीका किसानलाई अनुदानमा गहुँको बीउ

सिरहा– औरही गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ

हेटौंडा बजारको सडक सीमाभित्र बनेका संरचना भत्काइँदै

हेटौंडा–  हेटौंडा उपमहानगरपालिकाअन्तर्गत सडक क्षेत्रको दाँया-बायाँमा अतिक्रमण गरेर बनाइएका बजार क्षेत्र

नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञको सुझाव प्राथमिकतामा राख्छौँ : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले नीति

राष्ट्रपतिद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण