जिब्रोको अवस्थाले थाहा हुन्छ तपाईमा भएको रोग « Khabarhub

जिब्रोको अवस्थाले थाहा हुन्छ तपाईमा भएको रोग


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तपाई स्वास्थ्य समस्या लिएर अस्पताल पुग्नुभयो भने डाक्टरले पहिला मुख खोल्न लगाउँछन् र जिब्रो बाहिर निकान्नुस् भन्छन् । तपाईले जिब्रो निकालेपछि डाक्टरले तपाईको जिब्रोको अवस्था हेर्छन् । पेट , टाउको दुखेर होस् वा ज्वरो आउँदा तपाईको स्वास्थ्यजाँचको शुरुवात प्रया जिब्रो हेरेरै हुन्छ । अन्य समस्या लिएर अस्पताल जाँदा डाक्टरले किन जिब्रोको अवस्था हेर्छन् ?

यस्तो छ कारण

स्वास्थ्य व्यक्तिको जिब्रो गुलाबी रंगको सफा र पातलो हुन्छ । जिब्रोले शब्दको उच्चारण र खानेकुराको स्वाद छुट्याउन मात्र नभइ मानिसलाई लाग्ने रोगको संकेत गर्ने काम पनि गर्छ । मानिसमा लाग्ने विभिन्न किसिमका रोगको लक्षण जिब्रोमा पनि देखिन्छ । त्यसैले डाक्टरहरुले जिब्रोको अवस्था हेरेर मानिसमा लागेको रोगको सजिलै पत्ता लगाउन सक्छन् ।

मानिसमा लाग्ने रोग अनुसार जिब्रोमा पनि परिवर्तनत हरु आउँछन् । जिब्रोका अवस्था हेरेर ज्वरो, खोकी, जन्डिस, रक्तअल्पता, टाउको तथा पेट सम्बन्धी समस्या भएको थाहा पाउँन सकिन्छ ।

कस्तो जिब्रो कुन रोगको संकेत

– जिब्रो पहेँलो हुने, जिब्रोको किनारामा दाँतका निशानहरु देखिनु शरीरमा रगतको कमी भएको संकेत हो ।

– जिब्रोमा कालो दाग देखिन्छ भने त्यो ऊच्च रक्तचापको समस्या भएको संकेत हो ।

–हार्टअट्याक हुनसक्ने व्यक्तिको जिब्रोको अघिल्लो भाग सुकेको हुन्छ ।

–जिब्रो पहेँलो र चिल्लो जिब्रोले रगत सम्बन्धी समस्या हुन् ।

–जिब्रो निलो भएमा मुटुसम्बन्धी समस्या हुनसक्छ ।

–जिब्रोमा चिनीका मसिना कण जस्तो थोप्ला थोप्ला देखिन्छ भने पेटमा जुका परेको हुनसक्छ ।

–जिब्रो अत्याधिक रातो, सेतो वा कालो छ भने मुखमा किटाणुको संक्रणम भएको हुनसक्छ ।

–जिब्रोको सतहमा चिरा परेको छ वा लामा र गहिरा धर्साहरु देखिन्छ भने भिरंगी भएको हुनसक्छ ।

–जिब्रोमा घाउ भइरहने समस्या छ भने पेटसम्बन्धि जटिल रोगको लक्षण हुनसक्छ ।

–जिब्रोले राम्रोसँग स्वाद थाहा पाउँदैन भने भिटामिन बी १२ को कमी हुनसक्छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ४ : ५३ बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक