त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।

त्रिभुवन विमानस्थल हाल दैनिक २२ घण्टा सञ्चालनमा रहन्छ । सोमबारदेखि भने ३ महिनाका लागि दैनिक १० घण्टा बन्द हुन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

धावनमार्गको पूर्ण मर्मत गर्नुपर्ने भएकाले सोमबारदेखि दैनिक १० घन्टाका लागि विमानस्थल बन्द गर्नु परेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले खबरहबलाई जानकारी दिए । क्षेत्रीका अनुसार राति १० देखि विहान ८ बजेसम्मका विमानस्थल बन्द हुने छ ।

अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १४ घण्टा मात्रै सञ्चालनमा रहने छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ३ : ०३ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने