अपलोड गरेका सामग्री फेसबुकले हटाए उजुरी गर्न पाइने ! « Khabarhub

अपलोड गरेका सामग्री फेसबुकले हटाए उजुरी गर्न पाइने !


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– आफूले अपलोड गरेको सामग्री हटाइएमा त्यसविरुद्ध प्रयोगकर्ताले उजुरी गर्न सक्ने गरी फेसबुकले नयाँ स्वतन्त्र निकायको गठन गर्न लागेको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले अमेरिकी अखबार वाशिंटन पोष्टमा विचार प्रकाशित गर्दै आफ्ना सामग्री हटाइएको भए त्यसविरुद्ध उजुरी गर्न मिल्नेगरी स्वतन्त्र निकायको गठन गर्न लागेको जनाएका हुन् ।

उनले सामाजिक सञ्जालको नियमनमा सरकारले थप कडाई गर्नुपर्ने समेत जनाए ।

सामाजिक सञ्जालमा राखिएका खतरनाक र घृणा फैलाउने सामग्रीको नियमन गर्नु सामाजिक सञ्जाल कम्पनीहरुका लागि ठूलो चुनौति रहेकाले सरकारले त्यसको जिम्मा लिनुपर्ने जुकरबर्गको भनाइ छ ।

उनले चुनावी निष्पक्षता, घृणा फैलाउने तथा खतरनाक सामग्री, गोपनियता र डेटा पोर्टेबिलिटीका क्षेत्रमा नयाँ किसिमका नियम र कानून निर्माण गर्न समेत आह्वान गरेका छन् ।

न्यूजिल्याण्डको क्रिष्टचर्च शहरमा ५० जनाको ज्यान जानेगरी गोराजातिका एक उग्रवादीले मस्जिदमा गराएको आक्रमणको दुई सातापछि संसारको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारीको यस्तो भनाइ आएको हो । आक्रमणकारीले फेसबुकमार्फत् आक्रमणको प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकमाथि घृणा फैलाउने तथा खतरनाक सामग्री नियमन गर्ने र त्यसलाई हटाउने ठूलो दबाब आइपरेको छ ।

‘धेरै सांसद्हरुले भन्छन्, बाक स्वतन्त्रताविरुद्ध मसँग ठूलो शक्ति छ र साँच्चै भन्दा म त्यसलाई स्वीकार गर्छु ।’ जुकरबर्गले लेखेका छन् ।
उनले सबै सामाजिक सञ्जाललाई समेट्ने गरी बाध्यकारी कानून ल्याउन समेत सरकारसँग आह्वान गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ६ : ५० बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र