असिनाले बालीनाली नष्ट | Khabarhub Khabarhub

असिनाले बालीनाली नष्ट


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– विगत दुई दिनमा असिना पर्दा पोखरालगायत क्षेत्रका बालीनालीका साथै फलफूल खेतीमा ठूलो क्षति पुगेको छ ।

हावाहुरीका साथै वर्षासँगै असिना परेपछि खेतमा लगाइएका गहुँबाली, तरकारीका साथै लिच्ची, आँप र सुन्तलामा क्षति पुगेको पोखरा–२१ का कृषक टीकाराम भण्डारीले जानकारी दिए ।

आइतबार अपराह्न वर्षासँगै परेको असिनाले पोखराका सडकहरु करीब १५ मिनेटसम्म ढाकिएका थिए । वर्षासँगै असिना परेपछि पोखरामा सामान्यतया जाडो वृद्धि भएको छ ।

यसैबीच रुपा गाउँपालिकामा असिनाले तरकारी र फलफूल खेतीमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । तरकारीका टनेल, फलफूलका बालीको क्षतिका साथै कतिपयको घरको छानामा राखिएका पानीको ट्याङ्कीसमेत असिनाका कारण फुटेको उनले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ७ : ०८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास