राहुल गान्धी दुई ठाउँबाट चुनाव लड्दै, दक्षिण भारतबाट पनि उम्मेदवारी « Khabarhub

राहुल गान्धी दुई ठाउँबाट चुनाव लड्दै, दक्षिण भारतबाट पनि उम्मेदवारी


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको विपक्षी दल काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले दुई निर्वाचन क्षेत्रबाट आसन्न आम निर्वाचनमा उम्मेद्वारी दिने भएका छन् ।

काँग्रेस पार्टीका वरिष्ठ नेता एके एन्टोनीले पत्रकार सम्मेलनका क्रममा अध्यक्ष राहुल गान्धीले आफ्नो परम्परागत निर्वाचन क्षेत्र उत्तर प्रदेश राज्यको अमेठीका साथै दक्षिण भारतको केरला राज्यस्थित वायानाड निर्वाचन क्षेत्रबाट पनि उम्मेद्वारी दिने जनाएका हुन् ।
उनले यसअघि अमेठीबाट उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।

गान्धीलाई दक्षिण भारतका कर्णाटक, केरला वा तामिल नाडु राज्यमध्येका कुनै निर्वाचन क्षेत्रबाट पनि निर्वाचनमा उम्मेद्वार बन्न समर्थक र साझेदारहरुले दबाब दिएको जनाएका छन् । आफ्ना समर्थकको दबाबलाई राहुल गान्धीले उपेक्षा गर्न नसकेकाले वायानाडबाट चुनावमा उम्मेद्वारी दर्ता गर्न मञ्जुर भएको एन्टोनीको भनाइ छ ।

यसअघि भारतीय सञ्चारमाध्यमले गान्धी दोश्रो निर्वाचन क्षेत्रबाट पनि चुनावमा सहभागी हुनसक्ने जनाएका थिए । यता हाल सत्तामा रहेको तथा यस चुनावमा काँग्रेसको सबैभन्दा ठूलो प्रतिस्पर्धी दल भारतीय जनता पार्टी बीजेपीका नेताहरुले भने राहुल गान्धी आफ्नो परम्परागत निर्वाचन क्षेत्रबाट निर्वाचनमा विजयी हुनेमा ढुक्क हुन नसकेकाले उनी त्यहाँबाट भागेर सुरक्षित निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न जान खोजेको आरोप लगाएका छन् ।

यता काँग्रेस पार्टीका प्रवक्ता रणदीप सूर्जेवालाले भने प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो गृहराज्य गुजरातबाट नभई उत्तर प्रदेशको बनारसबाट उम्मेद्वारी दिएकाले राहुल गान्धीको यस्तो निर्णयलाई अमेठीबाट भागेको अर्थमा बुझ्न नहुने प्रतिक्रिया दिएका छन् ।

सन् २०१४ मा भएको आम निर्वाचनमा गान्धीले अमेठीमा भारतीय जनता पार्टीकी प्रभावशाली नेतृ तथा हाल कपडा मन्त्रीको भूमिकामा रहेकी स्मृति इरानीलाई एकलाख भन्दा धेरै मतअन्तरले पराजित गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  १० : ५९ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण