हैदरावादविरुद्ध बैंङ्लोरको लज्जास्पद हार « Khabarhub

हैदरावादविरुद्ध बैंङ्लोरको लज्जास्पद हार


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले नेतृत्व गरेको रोयल च्यालेन्जर्स बेंङ्रोलले सुधारएिको प्रदर्शन गर्न नसक्दा आईपीएलमा लगातार तेस्रो हार ब्यहोरेको छ ।

घरेलु मैदानमा भएको खेलमा सनराइजर्स हैदरावादले पाहुना टोली बैंङ्लोरलाई १सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
हैदरावादविरुद्ध बैंङ्लोरका ब्याटिङ र बलिङ दुवै पक्ष फितलो रह्यो । टस हारेर पहिलो ब्याटिङ गरेको हैदरावादले दिएको २सय ३२ रनको लक्ष्य पछ्याएको बैंङ्लोर १९.५ ओभरमा सबै विकेट गुमाएर १सय १३ रनमा समेटियो ।

बैंङ्लोरविरुद्ध हैदरावादका मोहम्मद नावि र सन्दीप शर्माले उत्कृष्ट बलिङ गरे । नाविले ४ आभेर बलिङ गर्दै ११ रन खर्चेर ४ विकेट लिए त्यसत्े, सन्दीप शर्माले ३.५ ओभर बलिङ गर्दै ३ विकेट लिएका थिए ।

यस्तै, बैंङ्लोरका लागि कोलिन डे ग्रान्डहोम्मले ३७ रन बनाए भने प्रयास राय ब्रहमानले १९ र उमेश यादवले १४ रन बनाएउनु बाहेक अन्यले राम्रो रन जोड्न सकेनन् ।

टस हारेर पहिलो ब्याटिङ गरेको हैदरावादका लागि दुई ब्याट्सम्यानले शतक पुरा गरे । जसमा हैदरावादका जोन ब्रिस्टोनले १२ चौका र ७ छक्काको मद्दतमा १ सय १४ रन बनाए ।

त्यस्तै, अर्का ब्याट्सम्यान डेभिड वार्नरले ५ छक्का र ५ चौकाको मद्दतमा १०० रन पुरा गरेका थिए । हैदरावादविरुद्ध बैंङ्लोरका बलर कमजोर देखिए । जसमा बैंङ्लोरका युज्वेन्द्र चाहालले एक विकेट लिएका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ८ : १७ बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले