हैदरावादविरुद्ध बैंङ्लोरको लज्जास्पद हार « Khabarhub

हैदरावादविरुद्ध बैंङ्लोरको लज्जास्पद हार


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले नेतृत्व गरेको रोयल च्यालेन्जर्स बेंङ्रोलले सुधारएिको प्रदर्शन गर्न नसक्दा आईपीएलमा लगातार तेस्रो हार ब्यहोरेको छ ।

घरेलु मैदानमा भएको खेलमा सनराइजर्स हैदरावादले पाहुना टोली बैंङ्लोरलाई १सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
हैदरावादविरुद्ध बैंङ्लोरका ब्याटिङ र बलिङ दुवै पक्ष फितलो रह्यो । टस हारेर पहिलो ब्याटिङ गरेको हैदरावादले दिएको २सय ३२ रनको लक्ष्य पछ्याएको बैंङ्लोर १९.५ ओभरमा सबै विकेट गुमाएर १सय १३ रनमा समेटियो ।

बैंङ्लोरविरुद्ध हैदरावादका मोहम्मद नावि र सन्दीप शर्माले उत्कृष्ट बलिङ गरे । नाविले ४ आभेर बलिङ गर्दै ११ रन खर्चेर ४ विकेट लिए त्यसत्े, सन्दीप शर्माले ३.५ ओभर बलिङ गर्दै ३ विकेट लिएका थिए ।

यस्तै, बैंङ्लोरका लागि कोलिन डे ग्रान्डहोम्मले ३७ रन बनाए भने प्रयास राय ब्रहमानले १९ र उमेश यादवले १४ रन बनाएउनु बाहेक अन्यले राम्रो रन जोड्न सकेनन् ।

टस हारेर पहिलो ब्याटिङ गरेको हैदरावादका लागि दुई ब्याट्सम्यानले शतक पुरा गरे । जसमा हैदरावादका जोन ब्रिस्टोनले १२ चौका र ७ छक्काको मद्दतमा १ सय १४ रन बनाए ।

त्यस्तै, अर्का ब्याट्सम्यान डेभिड वार्नरले ५ छक्का र ५ चौकाको मद्दतमा १०० रन पुरा गरेका थिए । हैदरावादविरुद्ध बैंङ्लोरका बलर कमजोर देखिए । जसमा बैंङ्लोरका युज्वेन्द्र चाहालले एक विकेट लिएका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ८ : १७ बजे

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका