जुवातास खेल्ने ८ सय ६ जना पक्राउ  « Khabarhub

जुवातास खेल्ने ८ सय ६ जना पक्राउ 


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु१ख ९२४२ नंको यात्रुवाहक बस जाँचका क्रममा लागुऔषधसहित झापा गौरीगञ्ज गाउँपालिका–३ का २४ वर्षीय समीर अधिकारीलाई शनिबार राति पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले डाइजेपाम १४७ एम्पुल, फेनार्गन १४५ एम्पुल, नुर्फिन १४६ एम्पुलसहित अधिकारीलाई पक्राउ गरिएको जानकारी दिए । अधिकारीले झोलामा लुकाएर ल्याइएको अवस्थामा पक्राउ गरिएको प्रवक्ता बोगटीले बताए।

जुवातास खेल्ने ८०६ पक्राउ 

नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जुवातास खेल्ने तथा खेलाउने ८०६लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयअन्तर्गत रहेका काठमाडौँ, भक्तपुर र ललितपुर प्रहरीले चालू आवमा उपत्यकाका विभिन्न स्थानमा जुवातास खेल्ने तथा खेलाउने ८०६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँबाट ६३२, भक्तपुरबाट १४८ र ललितपुरबाट २६ रहेका छन् ।

काठमाडौँबाट साउन ६१, भदौ ११, असोज ८८, कात्तिक ८७, मङ्सिर ९४, पुस ७६, माघ ७८ र फागुनमा १३७ लाई पक्राउ गरेको छ । यस्तै भक्तपुरबाट साउन १४, भदौ १७, असोज ४०, कात्तिक ४३, मङ्सिर नौ, पुस सात र माघमा १८ पक्राउ परेका छन् भने ललितपुरबाट असोज ११, कात्तिक ११ र पुसमा चार पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये काठमाडौँ ८०, ललितपुर तीन र भक्तपुरका सातलाई मुद्दा दायर गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । प्रहरीले जुवातासमा पक्राउ गरेकामध्ये काठमाडौँबाट साउन तीन, भदौ आठ, असोज ११, कात्तिक ९, मङ्सिर ९, पुस ८, माघ ९ र फागुनमा २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । यस्तै भक्तपुरबाट भदौ दुई, असोज दुई, पुस एक र माघमा दुई तथा ललितपुरबाट असोजमा दुई र कात्तिकमा एक जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रहरीले उपत्यकामा जुवातास खेल्ने तथा खेलाउनेसँग चालू आवमा मात्र रु एक करोड छ लाख ९७ हजार बरामदसमेत गरेको छ । बरामद भएको रकममध्ये काठमाडौँबाट रु ९२ लाख ३५ हजार, ललितपुरबाट रु एक लाख चार हजार र भक्तपुरबाट रु १३ लाख ५८ हजार रहेको प्रवक्ता ज्ञवालीले बताए।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले जुवातासले मानिसको भविष्य नै समाप्त पार्नसक्ने भन्दै उपत्यका प्रहरीले जुवातासमा विशेष कडाइ गरेको बताए।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ९ : १४ बजे

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर– बागमती नदीको कटानले टौदहपूर्वका केही घर जोखिममा परेका छन्

नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक

बागमती– हेटौँडा उपमहानगरपालिकाले आगामी साउन १ गतेदेखि नदीजन्य पदार्थ बिक्री

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल

मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष

त्यो असारजस्तो किन छैन यो असार ?

ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीतल जलकणले सिञ्चित गर्दै आउने