युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की « Khabarhub

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका नागरिकलाई लडाकूका रूपमा प्रयोग गरिरहेको दाबी गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उनले रुससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका दुई सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको जानकारी दिए ।

जेलेन्स्कीका अनुसार घाना, नेपाल, भारतलगायत विभिन्न देशका नागरिक रुसी पक्षबाट युक्रेनविरुद्धको युद्धमा संलग्न छन्। उनले सन् २०२५ मा रुसको कुर्स्क क्षेत्रमा पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई हालै दक्षिण कोरिया पठाइएको बताए।

दक्षिण कोरियाको विदेश मन्त्रालयले ती सैनिकलाई युक्रेनबाट दक्षिण कोरिया पठाइएको विषयमा प्रत्यक्ष पुष्टि गरेको छैन। यद्यपि युक्रेन तथा सम्बन्धित पक्षसँग सैनिकहरूको स्वतन्त्र इच्छाको सम्मान गर्दै अन्तर्राष्ट्रिय कानून र मानवीय सिद्धान्तअनुसार विषय टुङ्ग्याउन परामर्श भइरहेको जनाएको छ। सैनिकहरूको स्थानान्तरणसम्बन्धी विवरण भने संवेदनशील विषय भन्दै सार्वजनिक गरिएको छैन।

रुस र उत्तर कोरियाले सन् २०२५ अप्रिलमा आफ्ना सैनिकले कुर्स्क क्षेत्रमा युक्रेनविरुद्ध सँगै लडेको पुष्टि गरेका थिए। दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार उत्तर कोरियाले सन् २०२४ अक्टोबरदेखि रुसमा करिब १५ हजार सैनिक पठाएको थियो। तीमध्ये करिब दुई हजारको मृत्यु भएको अनुमान गरिएको छ।

यसैबीच, जेलेन्स्कीले फिनल्यान्ड, अस्ट्रेलियालगायत साझेदारसँग ड्रोन तथा सुरक्षा सहकार्य विस्तार भइरहेको बताए। क्यानाडासँग पनि ड्रोनसम्बन्धी सम्झौताको तयारी भइरहेको उनले जानकारी दिए।

उनले आगामी हिउँदमा रुसी ताप तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्ने चेतावनीसमेत दिए। रुसले युक्रेनका नागरिक ताप तथा इन्धन पूर्वाधारमा आक्रमण गर्दै आएको उनको दाबी थियो।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस र युक्रेनलाई एकअर्काको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न वासिङ्टनले दबाब दिइरहेको बताएको केही घण्टापछि जेलेन्स्कीको यस्तो भनाइ आएको हो।

जेलेन्स्कीले युक्रेनको उद्देश्य रुसको पेट्रोल तथा डिजेल आपूर्ति पूर्णरूपमा नष्ट गर्नु नभई युद्धका लागि आवश्यक आम्दानीको प्रमुख स्रोतमा असर पार्नु रहेको बताए।

रुससँगको व्यापारबाट प्राप्त आम्दानीले युद्ध लम्बिन सक्ने दाबी गर्दै उनले व्यापार सीमित गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  १२ : ३९ बजे

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली

तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन

‘श्रीलंकाका ६४ प्रतिशत बालबालिकाले सिफारिसभन्दा बढी स्क्रिन समय बिताउँछन्’

एजेन्सी– श्रीलंकामा विद्यालय जाने उमेर नपुगेका करिब ६४ प्रतिशत बालबालिकाले

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई भोलि बिहान सम्बोधन गर्ने, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्