रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी « Khabarhub

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले रसुवा बाढीका कारण प्रभावित बालबालिकाको खोजी, उद्धार, संरक्षण, अभिभावक खोजी तथा पारिवारिक पुनर्मिलनलाई प्राथमिकतामा राखिएको बताएकी छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बादीले विपद्को समयमा कोही पनि नागरिक एक्लो छैन भन्ने अनुभूति दिलाउन तथा पुनर्स्थापना, पुनर्वास र संरक्षणका लागि मन्त्रालय मातहतका सम्पूर्ण संयन्त्रहरू प्रभावकारी रूपमा परिचालन गरिएको बताइन् । 

उनले  विपद् प्रतिकार्यलाई एकीकृत बनाउन ’प्रोटेक्सन क्लस्टर’को बैठक बसी बाल संरक्षण, लैङ्गिक हिंसा प्रतिकार्य तथा मनोसामाजिक सहयोग सम्बन्धी संयन्त्र सक्रिय गरिएको जानकारी दिइन् । 

बाढी प्रभावित १५ स्थानीय तहमा बाल संरक्षण सम्बन्धी समन्वय संयन्त्र गठन गरिएको र बालबालिकाका लागि ४० स्थानमा बालमैत्री स्थान सञ्चालन गरिएको उनले बताइन् । 

साथै  ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा उद्धार गरिएका बालबालिकाका लागि आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग र पारिवारिक पुनर्मिलन सेवा सहितको अस्थायी संरक्षण सेवा सञ्चालनमा ल्याइएको मन्त्री बादीले जानकारी दिइन् । 

उनले नुवाकोटको देवघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानबाट विस्थापित ज्येष्ठ नागरिकलाई सुरक्षित वैकल्पिक स्थानमा स्थानान्तरण गरी स्वास्थ्य परीक्षण, आवश्यक सामग्री र मनोसामाजिक परामर्श उपलब्ध गराइएको बताइन् । 

ज्येष्ठ नागरिकको दीर्घकालीन पुनर्स्थापनाका लागि धादिङ, नुवाकोट र रसुवा जिल्लामा स्वास्थ्य उपचार सुविधासहितको ’ज्येष्ठ नागरिक हेरचाह केन्द्र’ निर्माण गर्ने योजना अघि सारिएको उनले बताइन्।  

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  १२ : ४२ बजे

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली

तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन

‘श्रीलंकाका ६४ प्रतिशत बालबालिकाले सिफारिसभन्दा बढी स्क्रिन समय बिताउँछन्’

एजेन्सी– श्रीलंकामा विद्यालय जाने उमेर नपुगेका करिब ६४ प्रतिशत बालबालिकाले

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई भोलि बिहान सम्बोधन गर्ने, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्