अपडेट: हावा-हुरीबाट बारा र पर्सामा २५ जनाको मृत्यु, ४ सय बढी घाइते « Khabarhub

अपडेट: हावा-हुरीबाट बारा र पर्सामा २५ जनाको मृत्यु, ४ सय बढी घाइते


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– आइतबार साँझ आएको हावाहुरीका कारण पर्सा र बारामा २५ जनाको मृत्यु भएको छ । हावा हुरीका कारण घर भत्किनुका साथै बिजुलीका पाेल ढलेर २५ जनाको मृत्यु भएको जनाइएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमा लेखेका छन्-

हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएकोछ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन भने बारा र  पर्साका विभिन्न स्थानमा ४ सय भन्दा बढी घाइते भएको जनाइएको छ ।

घाइतेहरुको  नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ ।

हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।

घटना रातिको समयमा भएका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ ।

 

 

 

 

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ११ : १० बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु