अन्धविश्वासको पराकाष्ठा : शक्तिशाली बन्ने महत्वकांक्षाले बालकको बलि « Khabarhub

अन्धविश्वासको पराकाष्ठा : शक्तिशाली बन्ने महत्वकांक्षाले बालकको बलि


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नरबलिका रूपमा एक बालकको हत्या गरिएको छ । मिथिला नगरपालिका–६ का शम्भुकुमार साहका छोरा साढे दुई वर्षीय आर्यन भनिने समीरकुमार साहको हत्या गरिएको हो । हत्या गर्ने धनुषा जिल्ला मिथिला नगरपालिका–६ का फेकु महतोका छोरा ५५ वर्षीय शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरी बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको राजधानी दैनिकमा खबर छ ।

गत वैशाख २३ गते बेलुका ५ बजे महतोले आफ्नो घरको ढोकामा फूलको बोटनजिक खेलिरहेको अवस्थामा ती बालकलाई ललाइफकाइ अपहरण गरी आफ्नै घरमा बन्धक बनाएका थिए । त्यसको भोलिपल्ट २४ वैशाखको राति २ बजेतिर चमेनिया माय भन्ने देवताका नाममा आफ्नै घर आँगनमा धारिलो हतियारले बालकको घाँटी रेटी मारेको प्रहरीले जनाएको छ ।

हत्यापछि महतोले बालकको शवलाई उनकै घर पछाडि रहेको कृष्णनन्दन महतोको रूख बिरुवासहितको खेतको झारीमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । महतोले विगत दुई वर्षदेखि धामीझाँक्री सिक्दै आएका थिए ।

बिरामी हुँदासमेत झाँक्री महतोले आर्यनलाई बेलाबेलामा झारफुक गर्दै आएका कारण बालकलाई फकाउन महतोलाई सजिलो भएको बताइएको छ । झाँक्रीको घर बालक आर्यनको घरबाट करिब सय मिटरको दूरीमा रहेको छ । बालक आर्यनका बुबा वैदेशिक रोजगारमा छन् । बालक आर्यन आमाबुबाको एक्लो छोरा थिए ।

मृतक बालककी आमा रेणुदेवी साह घाँस काट्न गएको अवस्थामा घरमा कोही नभएको मौका छोपी महतोले बालकलाई ललाइफकाइ अपहरण गरी बन्धक बनाएका थिए । मृतकका हजुरबुबा पीताम्बर साहले महतोका नाममा अपहरण गरी शरीर बन्धक राखी मारेको ज्यानसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा महतोलाई बुधबार उनकै घरबाट पक्राउ गरिएकोे धनुषाका प्रहरी प्रमुख शेखर खनालले बताए । महतोले अपराध स्वीकार गरेको र उनीबाट धारिलो हतियार एक थान, घटना वारदातको बखत लगाएको गन्जी एक थान, गम्छा एक थान र धोती एक थान बरामद गरिएको प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ६ : ५२ बजे

‘लालीबजार’ खुलेआम कुमारित्व किनबेचको कथा !

काठमाडौँ- तीन दशकअघि ८–९ कक्षामा पढ्ने किशोरले स्कुल–घर–बजार आउजाउका क्रममा

आईपीएल किक्रेट : पञ्जाबको अपराजित यात्रा कायमै, लखनउ ५४ रनले पराजित

काठमाडौँ– भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ– आज २०८३ साल वैशाख ७ गते सोमबार। वैशाख शुक्ल

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण