लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ « Khabarhub

लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- प्रदेश नं ५ मा दुई सातामै लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ परेका छन् । पक्राउ परेकामध्ये चार महिला रहेको बिहीबार बाँकेको कोहलपुरमा सार्वजनिक गरेको प्रदेश नं ५ प्रहरी कार्यालय दाङले प्रकाशित गरेको लागुऔषध बुलेटिनमा जनाइएको छ ।

तथ्याङ्कअनुसार जेठ १ देखि १५ गतेसम्म ठूलो परिमाणमा लागुऔषधसमेत बरामद भएको छ । चार हजार ९२७ ग्राम गाँजा, नौ हजार ८५६ दशमलव सात ग्राम चरेश र ३७ दशमलव ६५० ग्राम हेरोइन बरामद भएको उल्लेख छ ।

त्यस्तै डाइजेपाम २८५ एम्पुल, फेनार्गन ६८५ एम्पुल, नुफिन ६६० एम्पुल, मेथिन ३०० एम्पुल, नाइट्राभेट ५०० ट्याब्लेट, सेरिज्याक ४०० ट्याब्लेट, नाइट्रोसन ४४८ ट्याब्लेट, ट्राइकेर २० ट्याब्लेट, स्पास्मो १० ट्याब्लेट बरामद गरेको छ । लागुऔषध बुलेटिनको विमोचनका क्रममा प्रदेश नं ५ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) पिताम्बर अधिकारीले खुला सीमाका कारण बाँकेमा लागुऔषधको सेवन र कारोबार बढ्दो अवस्थामा रहेको बताए ।

उनले भने, ‘खुला सिमानाका कारण लागुऔषधको प्रयोग तथा ओसारपसारको अवस्था भयावह छ । सबैको सहकार्य र सहयोगले मात्र यसलाई नियन्त्रण गर्न सम्भव हन्छ’, उनले बुलेटिनमा आएको तथ्याङ्कले यस प्रदेशको अवस्था निकै डरलाग्दो भएको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले लागुऔषधको दलदलमा चिकित्सकदेखि समाजका सबै वर्ग फसेकाले सचेतना आवश्यक रहेको बताए । बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले लागुऔषधविरुद्ध प्रहरीको सक्रियता बढाएको बताउँदै सबैको सहकार्यले मात्र लागुऔषधविरुद्धको अभियान सफल हुने बताए।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ८ : ५१ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ