भारतका ‘गरीब’ मन्त्री, मोदीको भन्दा धेरै चर्चा ! « Khabarhub

भारतका ‘गरीब’ मन्त्री, मोदीको भन्दा धेरै चर्चा !


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– केही दिनअअघि भएको भारतीय चुनाव भन्दा पहिला प्रताप षडंगीलाई भारतको ओडिशा भन्दा बाहिर सायदै कसैले चिनेका थिए । तर पछिल्लो एक हप्ता उनी भारतका सबैभन्दा चर्चित व्यक्ति बनेका छन् ।

भेषभूषाबाट राजनेता कम र सन्यासी धेरै जस्तो देखिने बालेश्वरबाट निर्वाचित यी सांसदले विहीवार राति राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा राज्य मन्त्रीको रुपमा शपथ लिए । शपथ लिनका लागि बोलाइँदै गर्दा तालीको गडगडाहट चल्यो । यसबाट नै उनी कति लोकप्रिय र चर्चामा रहेछन् भन्ने थाहा हुन्छ ।

६४ वर्षीय षंडगीको सादा जीवनको वयान र चर्चा तस्वीर राखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गम्सा लगाएर आफ्नो घरभन्दा बाहिर पानीको नलमा नुहाउँदै गरेको होस् या साइकल या अटो रिक्सामा चुनाव प्रचार गरिरहेका हुन् उनको तस्वीरहरु चर्चामा छ । मन्दिरको बाहिर साधना गरिरहेको उनको तस्वीर पनि मिडियामा चर्चामा छ ।

राती आठ बजेर ५५ मिनेटमा दिल्लीमा षडंगी पदभार ग्रहरण गरिरहेका थिए र बालेश्वमा भाजपाका कार्यकर्ता हर्ष मनाइरहेका थिए, ढोल बजाइरहेका थिए, मिठाई बाँडिरहेका थिए ।

षडंगीले ओडीशामा बजरंग दलको अध्यक्षको रुपमा पनि काम गरेका छन् । त्यसभन्दा पहिला उनी सोही राज्यमा विश्व हिन्दू परिषदका एक वरिष्ठ सदस्य भएका थिए ।

बालेश्वर जिल्लाको नीलगिरी क्षेत्रबाट दुईपटक विधायक जितिसकेका उनी आज पनि आफ्नो गाउँ गोपीनाथपुरमा एक कच्ची घरमा बस्छन् ।
सधैं सेतो कुर्ता पाइजामा, चप्पल र काँधमा गलबन्दी र झाला भिरेर हिँड्ने उनी सडकमा पैदल हिँडिरहेका भेटिन्छन् भने रेल चढ्नको लागि दिन भर रेलको प्रतिक्षा गरिरहेका हुन्छन् । सर्वसाधारणसँगै झुप्रोमा उनी खाना खाजा खान्छन् ।

२००४ देखि २०१४ सम्म सांसद रहेका उनको जीवनशैलीमा कुनै परिवर्तन आएको छैन । भुवनेश्वरको एमएलए कोलोनिमा बस्ने मानिस जो उनको घरमा आउने जाने गर्थे उनीहरु उनको घरको अवस्था देखेर छक्क पर्दथे । किनकी उनको घरमा एक गुन्द्री, केही किताव, एक पुरानो टिभीको अलावा केही थिए । उनलाई चिन्नेहरुले केन्द्रको मन्त्री भएपनि उनको जीवन नफेरिनेमा विश्वस्त छन् ।

यसपटक षडंगीकोको लागि बाले्श्वर लोकसभा क्षेत्रबाट चुनावमा जीत निकाल्नु सजिलो थिएन । किनकी उनको प्रतिस्पर्धा कांग्रेसका प्रदेश अध्यक्ष निरञ्जन पटनाकका छोरा नवज्योति र अर्कोपर्फ बीजेडीका रविन्द्र जेना थिए । दुबै उम्मेदवार करोडपति थिए ।

करोडपति उम्मेदवारहरुले मिडियादेखि अन्य मान्यमबाट धेरै खर्च गरेर प्रचार गरिरहेका थिए भने अर्कोतर्फ एक थोत्रो रिक्साको छत झिकेर प्रचार गर्नेवाला ‘प्रताप नना’ ले जीत हात पारे । प्रताप षडंगीले रविन्द्र जेनालाई १२ हजार भोटले हराए ।

भारतमा बीजेपीको बिरोध गर्नेहरुपनि षडंगीको प्रशंसक छन् । जसलाई मोदीले केन्द्रमा मन्त्री बनाएका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ११ : ४५ बजे

गहना पोखरी पुरानै शैलीमा पुनर्निर्माण हुँदै (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको हाडीगाउँमा रहेको ऐतिहासिक सम्पदास्थलमा गहना पोखरीको पुनर्निर्माण कार्य

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

हिउँ र चिसोमा हराइरहेको डोल्पा : ६ महिना न शिक्षा न स्वास्थ्य !

काठमाडौं – देश अहिले चुनावमय बनेको छ। विभिन्न राजनीतिक दलका

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा  गण्डकी

राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री