अफागानिस्तानको राजधानीमा बम आक्रमण, ४ जनाको मृत्यु « Khabarhub

अफागानिस्तानको राजधानीमा बम आक्रमण, ४ जनाको मृत्यु


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा कम्तीमा ४ जनाको मृत्यु भएको छ ।

पूर्वी काबुलको जलालावाद सडकमा भएको आत्मघाती बम आक्रमणमा ४ जनाको मृत्यु भएको तथा अन्य ३ जना घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार विदेशीलाई लक्षित गरी बम आक्रमण गराइएको हो ।

हताहती हुनेमध्ये अधिकांश विदेशी रहेको हुनसक्ने आशंका गरिएको छ । आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिएको छैन ।

यसअघि बिहीबार मात्रै काबुलस्थित सैनिक तालिम केन्द्रमा गराइएको बम आक्रमणमा ६ जनाको ज्यान गएको थियो । बिहीबार भएको बम आक्रमणको जिम्मा भने आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको थियो ।

पछिल्लो समय अफगानिस्तान सरकारले आसन्न ईद पर्वलाई मध्यनजर गर्दै राजधानी काबुलमा उच्च सुरक्षा सतर्कता अपनाएका बेला शहरमा लगातार २ दिन बम विष्फोट गराइएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  १२ : ५८ बजे

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६