रियलमड्रिडबाटै रिटायर्ड हुने रामोसको इच्छा « Khabarhub

रियलमड्रिडबाटै रिटायर्ड हुने रामोसको इच्छा


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस महारथी रियल मड्रिडका कप्तान सर्जियो रामोसले क्लब नछाड्ने स्पष्ट पारेका छन् । रियलका कप्तान तथा डिफेन्डर रोमासले चिनियाँ क्लबमा जाने हल्ला भइरहँदा उनले आफू रियलबाटै रिटायर्ड हुन चाहेको बताएका छन् ।

यो सिजनमा कमजोर प्रदर्शन गरेको रियल छाड्ने योजनामा रहेको समाचार बाहिरिएपछि उनले बिहीबार पत्रकार सम्मेलन गरी आफूले क्लबबाटै खेल जीवन सक्ने योजना बनाएको बताएका हुन् ।

रियलका अध्यक्ष फ्लोरेन्टीनो पेरेजले बुधबार उनको नि : शुल्क ट्रान्सफरका लागि रियलसँग अनुरोध आएको बताएका थिए ।

रामोसका लागि चिनियाँ सुपर लिग खेल्ने क्लबबाट अफर आएको बताइएपनि कुन क्लब हो भन्ने चाहीँ खुलेको छैन् ।

‘यो सही हो । मलाई चिनियाँ क्लबले अफर गरेकै हो । कागजपत्र रियलको टेबुलमा आएका पनि छन् । म यो विषयमा झुठ बोल्न चाहन्न’ ३३ वर्षे रोमोसले भने,‘मेरो सपना रियलबाट खेल जिवन सक्ने छ ।’ सन् २००५ मा रियलमा जोडिएका रामोसको २०२१ सम्म क्लबसँग सम्झौता बाँकी छ ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  १ : ३४ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,