धुम्रपान नियन्त्रणका लागि उत्पादन र आयात नै बन्द गर्नुपर्ने « Khabarhub

धुम्रपान नियन्त्रणका लागि उत्पादन र आयात नै बन्द गर्नुपर्ने


१७ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज (शुक्रबार) विश्व धुम्पानरहित दिवस । नेपालमा पनि विभिन्न सचेतनात्मक कार्यक्रमहरु गरी यो दिवस मनाइएको छ ।

दिवसको अवसरमा शुक्रबार बिहान काठमाडौंमा विभिन्न स्वास्थ्य संस्थाहरुको अगुवाईमा प्रभातफेरी कार्यक्रम समेत गरिएको थियो । प्रभातफेरी पछि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल अर्बुद रोग निवारण संघका अध्यक्ष दिवाकर राजकर्णिकारले धुम्रपान नियन्त्रणका लागि अग्रसर रहन सबैलाई आग्रह गरेका छन् ।

उनले क्यान्सरजस्तो प्राणघातक रोग लाग्ने धुम्रपान नियन्त्रणका लागि प्रत्यक घरघरबाटै अभियान चलाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा स्वस्थ्यकर्मीहरुले धुम्रपान नियन्त्रणका लागि यसको उत्पादन र आयत नै बन्द गराउन पहल गर्न पनि सबै समूदायलाई आह्वान गरेका छन् ।

प्रभातफेरीमा स्वास्थ्यकर्मी, कलेज तथा विद्यालय तहका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । उनीहरुले ‘धुम्रपानको खेती, जीवनको क्षति’, ‘धुम्रपानले लिन्छ ज्यान’ लगायतका जनचेतनामूलक सन्देश लेखिएको प्लेकार्ड पनि प्रर्दशन गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कका अनुसार नेपालमा हरेक वर्ष धुम्रपान सेवनबाट २५ हजार भन्दा बढीको मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार  ४ : ११ बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न