अमेरिकासँगको वार्ता असफल भएपछि उत्तर कोरियाका कूटनीतिज्ञलाई मृत्युदण्ड ! « Khabarhub

अमेरिकासँगको वार्ता असफल भएपछि उत्तर कोरियाका कूटनीतिज्ञलाई मृत्युदण्ड !


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरियाले सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोईमा भएको असफल शिखर वार्ताअघि अमेरिकी अधिकारीसँगको छलफलमा सहभागी रहेका अमेरिकाका लागि उत्तर कोरियाली विशेष दूतसहित चार वरिष्ठ कुटनीतिज्ञलाई मृत्युदण्ड दिएको दक्षिण कोरियाली अखबारले जनाएको छ ।

दक्षिण कोरियाको चोसुन इल्बो नामक अखबारले श्रोतलाई उद्धृत गर्दै शुक्रबार जनाएअनुसार उक्त शिखर वार्ताअघि अमेरिकी टोलीसँगको छलफलमा सहभागी कुटनीतिज्ञ किम ह्योक चोललाई राजधानी प्योङ्याङमा रहेको मिरिम विमानस्थलमा गत मार्च महिनामा मृत्युदण्ड दिइएको हो ।

उनले अमेरिकाका लागि जासुसी गरेको तथा अमेरिकी मनोविज्ञान नै नबुझी छलफलमा सहभागी भएको र छलफलमा खराब प्रदर्शन गरेको अभियोगमा किम ह्योक चोलसहित अन्य चार कुटनीतिज्ञलाई मृत्युदण्ड दिइएको चोसुन इल्बोले जनाएको छ ।

यसबारे दक्षिण कोरियाली तथा अमेरिकी पक्षबाट भने कुनै टिप्पणी सार्वजनिक भएको छैन । त्यस्तै, चोसुन इल्बोका अनुसार अमेरिकासँगको शिखर वार्ता अघिको छलफलका क्रममा सर्वोच्च नेता किम जोङ उनका महत्वपूर्ण सहयोगी एवं अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग पनि छलफल गरेका अर्का वरिष्ठ कुटनीतिज्ञ किम योङ चोललाई पनि सजायस्वरुप पुनर्शिक्षाका लागि श्रम शिविरमा राखिएको छ । त्यस्तै उनलाई केही समयअघि उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको पदबाट बर्खास्त गरिएको बताइएको थियो ।

हनोई शिखर वार्तामा दोभाषेका रुपमा कार्यरत सिन्ह हाए योङ्लाई पनि बन्दि शिविरमा राखिएको छ । त्यसबाहेक शिखर वार्तामा महत्वपूर्ण भूमिका निर्वाह गरेकी तथा उत्तर कोरियाकै सबैभन्दा प्रभावशाली महिला मानिने सर्वोच्च नेता किमकी बहिनी किम यो जोङको पार्टीमा प्रभाव धेरै नै घटेको बताइएको छ ।

हनोई शिखर वार्तायता उक्त वार्ताअघि छलफलमा रहेका कुटनीतिज्ञहरुको विवरण तथा समाचार सार्वजनिक हुने क्रम एकपछि अर्कोगरी कम हुँदै गएका कारण उत्तर कोरियामा उनीहरुलाई असफल शिखर वार्ताका लागि सजाय दिइएको हुनसक्ने आशंका गरिँदै आएको थियो ।

उत्तर कोरियाली सञ्चारमाध्यमले मृत्युदण्ड तथा अन्य सजायबारे टिप्पणी नगरे पनि उत्तर कोरियाली अखबार रोडोङ सिन्मुनमा बिहीबार सार्वजनिक आलेखमा ‘अरुका अगाडि नेताको सम्मान गरेजस्तो अभिनय गर्ने, तर अरुबेला अरु नै सपना देख्ने काम पार्टी एवं क्रान्तिविरोधी गतिविधी हो र नेताप्रतिको नैतिक वफादारिताको विरुद्धका यस्तो काम गर्नेहरु क्रान्तिको कठोर न्यायबाट जोगिने छैनन्,’ भन्ने टिप्पणी गरिएको थियो ।

उत्तर कोरियाले यसअघि पनि वरिष्ठ तथा उच्च पदस्थ अधिकारीलाई बेलाबेला मृत्युदण्ड दिने गरेको छ । सन् २०१३ मा किम जोङ उनले आफ्नै फूपाजू तथा सैनिक अधिकारी जाङ सोङ थाएकलाई कुकुरलाई खुवाएर क्रुर शैलीमा मृत्युदण्ड दिएका थिए भने सन् २०१५ मा अर्का सैनिक अधिकारी ह्योन योङ चोललाई विमानभेदी हतियार प्रहार गरी मृत्युदण्ड दिइएको थियो । त्यस्तै, सन् २०१६ मा सर्वोच्च नेता किम जोङ उन समेत सहभागी बैठकमा निदाएका भन्दै रि योङ जिनलाई पनि मृत्युदण्ड दिइएको थियो ।

‘पार्टी तथा क्रान्तिविरुद्धको गतिविधी’ तथा ‘क्रान्तिको कठोर न्याय’ जस्ता पदावली सन् २०१३ मा जाङ सोङ थाएकलाई मृत्युदण्ड दिएयता रोडोङ सिन्मुनले लेखेको यो पहिलो पटक रहेकाले पनि शिखर वार्ताअघिको छलफलमा सहभागीहरुलाई कठोर सजाय दिइएको हुनसक्ने इल्बोको भनाइ छ ।

यद्यपि यसअघि मृत्युदण्ड दिइएको भनी समाचार सार्वजनिक भएका केही उत्तर कोरियाली अधिकारीहरु केही समयपछि जिवित नै रहेको तथा पार्टी र सेनाको विभिन्न पदमा बढुवा भएको समेत सार्वजनिक हुँदै आएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  २ : ३० बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले