युभेन्टसलाई च्याम्पियन्स लिग जिताएरै छाड्छु : रोनाल्डो « Khabarhub

युभेन्टसलाई च्याम्पियन्स लिग जिताएरै छाड्छु : रोनाल्डो


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ‘मार्सा लिजेन्ड अवार्ड’ थाप्न स्पेन पुगेका इटालियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ढिलो–चाँडो युभेन्टसले युरोपियन च्याम्पियन्स लिग जित्ने दाबी गरेका छन् ।

एक अन्तर्वार्ताका क्रममा रोनाल्डोले अब युभेन्टस युरोपियन च्याम्पियन बन्ने समय आएको दाबी गर्दै युभेन्टसलाई च्याम्पियन्स लिग जिताएरै छाड्ने बताए ।

रोनाल्डोले च्याम्पियन्स लिग सबै क्लबले हरेक सिजन जित्न चाहने उल्लेख गर्दै सबैका लागि यो प्रतियोगिता प्रतिष्ठाको खेल बन्ने बताए । ‘युभेन्टस ? हामी मात्रै हैन । यो उपाधि बार्सिलोना, रियल मड्रिड वा अन्य कोही । सबै हरेक सिजन जित्न चाहन्छन्,’ रोनाल्डोले भने ।

रोनाल्डोले आफूहरूले यो वा अर्को सिजनमा च्याम्पियन्स लिग जित्ने दाबी गरे । ‘युभेन्टसले च्याम्पियन्स लिग जित्नेछ । मलाई थाहा छैन कि, यस वर्ष वा अर्को वर्ष । तर, जित्ने समय आउँदैछ,’ रोनाल्डोले भने ।

रोनाल्डोले आफू युभेन्टसलाई युरोपियन च्याम्पियन बनाउन इटाली पुगेको बताउँदै आफूसँग अझै जितको भोक रहेको बताए । ‘म इटाली यहाँजस्तै ठूला प्रतियोगिता जित्न गएको हुँ । म जित्न तयार छु । र, उत्साहित छु,’ रोनाल्डोले थपे, ‘एक दिन म टिमलाई च्याम्पियन बनाएरै छाड्छु । म टिमको जितमा सहयोगी बन्न चाहन्छु ।’

रोनाल्डो अघिल्लो वर्ष रियल मड्रिडबाट ११६ मिलियन युरोमा युभेन्टस पुगेका थिए । तर, रोनाल्डो युभेन्टस पुगेपछिको पहिलो सिजन उनको टिम च्याम्पियन्स लिगको अन्तिम आठबाटै आउट भयो । तर, रोनाल्डोले टिमलाई सिरी ‘ए’ र सुपर कोपा इटालिया जिताउन प्रमुख योगदान दिएका थिए ।

रोनाल्डोले युभेन्टसका लागि पहिलो सिजन २८ गोल गर्दै कूल १२ गोलका लागि असिस्ट गरेका थिए । उनी लिगको सर्वाेत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ७ : ०७ बजे

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीले आफ्नै सांसदको विश्वास लिन सक्नुभएन, अनुहारै हेर्नुहुन्न : प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि