युभेन्टसलाई च्याम्पियन्स लिग जिताएरै छाड्छु : रोनाल्डो « Khabarhub

युभेन्टसलाई च्याम्पियन्स लिग जिताएरै छाड्छु : रोनाल्डो


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ‘मार्सा लिजेन्ड अवार्ड’ थाप्न स्पेन पुगेका इटालियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ढिलो–चाँडो युभेन्टसले युरोपियन च्याम्पियन्स लिग जित्ने दाबी गरेका छन् ।

एक अन्तर्वार्ताका क्रममा रोनाल्डोले अब युभेन्टस युरोपियन च्याम्पियन बन्ने समय आएको दाबी गर्दै युभेन्टसलाई च्याम्पियन्स लिग जिताएरै छाड्ने बताए ।

रोनाल्डोले च्याम्पियन्स लिग सबै क्लबले हरेक सिजन जित्न चाहने उल्लेख गर्दै सबैका लागि यो प्रतियोगिता प्रतिष्ठाको खेल बन्ने बताए । ‘युभेन्टस ? हामी मात्रै हैन । यो उपाधि बार्सिलोना, रियल मड्रिड वा अन्य कोही । सबै हरेक सिजन जित्न चाहन्छन्,’ रोनाल्डोले भने ।

रोनाल्डोले आफूहरूले यो वा अर्को सिजनमा च्याम्पियन्स लिग जित्ने दाबी गरे । ‘युभेन्टसले च्याम्पियन्स लिग जित्नेछ । मलाई थाहा छैन कि, यस वर्ष वा अर्को वर्ष । तर, जित्ने समय आउँदैछ,’ रोनाल्डोले भने ।

रोनाल्डोले आफू युभेन्टसलाई युरोपियन च्याम्पियन बनाउन इटाली पुगेको बताउँदै आफूसँग अझै जितको भोक रहेको बताए । ‘म इटाली यहाँजस्तै ठूला प्रतियोगिता जित्न गएको हुँ । म जित्न तयार छु । र, उत्साहित छु,’ रोनाल्डोले थपे, ‘एक दिन म टिमलाई च्याम्पियन बनाएरै छाड्छु । म टिमको जितमा सहयोगी बन्न चाहन्छु ।’

रोनाल्डो अघिल्लो वर्ष रियल मड्रिडबाट ११६ मिलियन युरोमा युभेन्टस पुगेका थिए । तर, रोनाल्डो युभेन्टस पुगेपछिको पहिलो सिजन उनको टिम च्याम्पियन्स लिगको अन्तिम आठबाटै आउट भयो । तर, रोनाल्डोले टिमलाई सिरी ‘ए’ र सुपर कोपा इटालिया जिताउन प्रमुख योगदान दिएका थिए ।

रोनाल्डोले युभेन्टसका लागि पहिलो सिजन २८ गोल गर्दै कूल १२ गोलका लागि असिस्ट गरेका थिए । उनी लिगको सर्वाेत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ७ : ०७ बजे

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा

पहिलो पाँच महिनामा बागमतीको पुँजीगत खर्च ४.४७ प्रतिशत

बागमती– बागमती प्रदेशले चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिनामा

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि