६ वर्षको उमेरमै यी बालिकाले कमाइन् ५५ करोड ! « Khabarhub

६ वर्षको उमेरमै यी बालिकाले कमाइन् ५५ करोड !


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ६ वर्षको बच्चाले करोडौं रुपैयाँ कमाएर आमाबाबुलाई ५ वटा आलिसान महलको मालिक बनायो भन्ने कुराले धेरैलाई अचम्मित बनाउन सक्छ ।

तर, यो कुरा साबित भएको छ । ६ वर्षको उमेरमा नै एक बच्चाले ५५ करोड रुपैयाँ कमाएर बाबुआमाको नाममा ५ वटा महलहरु खरिद गरिएको समाचार अहिले सनसनीपूर्ण बनेको छ ।

६ वर्षकी ती बच्चीको नाम हो बोरम । उनी दक्षिण कोरियामा रहन्छिन् । बोरमको दुईवटा युट्यूब च्यानल रहेका छन् । जसको माध्यमबाट उनले ६ वर्षको उमेरमा नै ५५ करोड रुपैयाँ कमाउन सफल भएकी हुन्।

ती बच्चीलाई दक्षिण कोरीयाकी यूट्यूब स्टारको रुपमा समेत चिन्न थालिएको छ । यूट्यूबमा बोरमको पहिलो टोय रिव्यू र दोस्रो भिडियो ब्लग च्यानल मध्ये टोय रिभ्युमा उनको सब्सक्राइबर १३.६ मिलियन र भिडियो ब्लगको सब्सक्राइबर १७.६ मिलियन रहेको छ ।

सीएनएनको रिपोर्ट अनुसार बोरमले आफ्नो यूट्यूब च्यानलको माध्यमबाट ५५ करोड ८ लाख ८० हजार रुपैयाँ कमाएकी छिन् । हाल बोरमले दक्षिणी कोरियाको राजधानी सियोलमा पाँच महल खरिद गरेकी छिन् ।

युटुबबाट कमाएको सबै सम्पत्ति घर खरीदमा नै सकिएको छ । सियोलको शहरको मुख्य बजारको इलाकामा २५८.३ वर्ग मीटरमा बनेको महललाई गत अप्रिलमा खरिद गरिएको थियो ।

द कोरिया हेराल्डका अनुसार यो महल बोरमको परिवारका लागि खरिद गरिएको थियो । बोरमको यूट्यूब च्यानलको सञ्चालन उनको परिवारले गर्ने गरेका छन् । बोरमको सबैभन्दा चर्चित भिडियोलाई ३७६ मिलियन भन्दा धेरैले हेरेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ८ : ०९ बजे

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको