जापानमा गर्मी बढ्यो, एक हप्तामा ११ को मृत्यु | Khabarhub Khabarhub

जापानमा गर्मी बढ्यो, एक हप्तामा ११ को मृत्यु


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो- जापानमा अत्यधिक गर्मीका कारण गत हप्ताभरीमा ११ जनाको मृत्यु भएको छ । गर्मीका कारण अन्य छ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी बर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो ।

गर्मीका कारण अस्पतालमा ५ हजार ६६४ जनाले अस्पतालमा पुगेका थिए भने उनीहरूमध्ये १ हजार १९९ जनालाई अस्पतालमा राखी केही दिन उपचार गर्नुपर्ने देखिएको चिकित्सकले जनाएका छन् ।

गर्मीका कारण स्वास्थ्यमा समस्या देखिएकामध्ये १ हजार ७९२ जनाले अस्पतालमा छोटो समयको उपचारपछि घर फर्केका बताइएको छ । उनीहरूलाई कम जोखिमयुक्त लक्षण देखिएकाले सामान्य उपचारपछि घर पठाइएको अस्पताल स्रोतहरूले जनाएका छन् ।

अस्पतालमा भर्ना भएकामध्ये ५२.६ प्रतिशत विरामी ६५ बर्षमाथिका वृद्धवृद्धा छन् ।

आइची क्षेत्रमा सवैभन्दा बढी ३९३ जनामा अत्यधिक गर्मीका कारण अस्पताल भर्ना भएका त्यहाँको प्रशासनले जनाएको छ । त्यस्तै ओसाका क्षेत्रमा ३८८ टोकियोमा २९९ जनालाई गर्मीका कारण देखिएको समस्याका लागि उपचार प्रदान गरिराखिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ९ : १० बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी