गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ « Khabarhub

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई विद्यालयको ढोका बाहिर राख्नुपर्ने बताउनुपर्ने बताएका छन् ।

सामाजिक, शैक्षिक तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद शिवाकोटीको १११औँ जन्मजयन्तीका अवसरमा स्मारिका विमोचन तथा नन्दप्रसाद शिक्षकले विद्यालयभित्र राजनीतिक आस्था राख्न नहुने बताए ।

“शिक्षकले विद्यालयमा प्रवेश गर्नासाथ राजनीतिक आस्थालाई विद्यालयको गेटभन्दा बाहिर राख्नुपर्छ”, महामन्त्री थापाले भने, “शिक्षा क्षेत्रको विकासका लागि सबैले उत्तिकै ध्यान दिनुपर्छ ।”

महामन्त्री थापाले प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटीको योगदानको स्मरण गर्दै अजयबाबु शिवाकोटीले फाउन्डेशन नै खोलेर नन्दप्रसादको योगदानलाई स्मारिका प्रकाशन गरी सार्वजनिक गरेकामा प्रशंसा गरे । उनले कांग्रेसले चुनाव जिते वा हारे पनि कांग्रेस राष्ट्रिय शक्ति भएकाले समयक्रमअनुसार कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने खाँचो औँल्याए ।

गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको लोकतन्त्र प्रजातान्त्रिक सेनानीको जगबाट मात्र प्राप्त भएको स्मरण गर्दै कांग्रेसले नन्दप्रसादहरूलाई बिर्सन नहुने बताए ।

“लोकतन्त्रका लागि लडेका व्यक्तित्वप्रति नमन गर्दछु, कांग्रेस एउटै मूल मन्त्रले अगाडि बढ्ने हो भने कांग्रेसलाई कसैले टुक्र्याउन सक्दैन”, उनले भने, “कांग्रेसभित्र एकता भए पुग्छ, कांग्रेस लोकतान्त्रिक पार्टी भएको हुनाले विचार र मत फरक हुनसक्ला तर पार्टी सञ्चालनका कार्यविधि र गतिविधिमा कुने मतान्तर छैनन् ।”

कार्यक्रममा पूर्वराजदूत तथा शिक्षाविद् मिलन तुलाधरलाई सम्मान गरिएको थियो । महामन्त्री थापा र नन्दप्रसाद जानुका फाउन्डेशनका अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले संयुक्त रुपमा शिक्षाविद् तुलाधरलाई सम्मानपत्र र नगद रु २५ हजारबाट सम्मान गरे ।

फाउन्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीले आफ्ना हजुरबुबा नन्दप्रसाद नै आफ्नो राजनीतिक र सामाजिक सेवाको प्रेरक व्यक्तित्व भएको बताउँदै भोलिका दिनमा तमाम सामाजिक व्यक्तिहरुरूको इतिहास उत्खनन् गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १० : १७ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित