स्वास्थ्यका लागि उपयोगी मेवा कसकसले खान हुँदैन? « Khabarhub

स्वास्थ्यका लागि उपयोगी मेवा कसकसले खान हुँदैन?


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मेवा बहुउपयोगी फलफूल हो । विशेषगरी गर्मी मौसममा यो फल तथा यसको जुस स्वास्थ्यका लागि पनि उपयोगी छ । स्वादसँगै मेवा स्वास्थ्यको लागि पनि अति फाइदाजनक हुन्छ । अहिले बजारमा मेवा उपलब्ध हुन थालेका छन् । मौसमी फलफूल खोज्नेहरुको लागि यो उपयुक्त रोजाइ बन्नसक्छ ।

मेवा म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन तथा क्यारोटीनयुक्त तथा डायटरी फाइबरले भरिपूर्ण हुन्छ । जसले मानव शरीरलाई अत्यन्तै हित गर्छ । यस्तो हितकारी फल सबैका लागि उपयोगी नहुन सक्छ । त्यसैले मेवा खानेबेलामा ध्यान दिन आवश्यक छ ।

गर्भवती महिलाका लागि मेगा अनुपयोगी हो । विभिन्न अवस्थामा मेवाको सेवन शरीरका लागि फाइदाजनक भएपनि गर्भावस्थामा भने यसको सेवन शरीरका लागि हानीकारक हुनसक्छ । यसले गर्भावस्थामा गर्भपात गराउन सक्छ । खासगरी, मेवाले गर्भाशयलाई खुम्च्याउने गर्छ । जसले गर्दा गर्भपात हुने खतरा उच्च हुन्छ ।

त्यस्तै स्तनपान गराउने महिलाले खानबाट बच्नुपर्छ । गर्भावस्थामा त मेवाको सेवन गर्नै हुँदैन । सुत्केरी महिलाहरुलाई पनि स्तनपान गराउञ्जेल मेवाको सेवन नगर्न नै सल्लाह दिने गर्छन् । किनकी मेवामा पपाइन नामक विषाक्त हुन्छ,जुन ससाना बच्चाका लागि हानीकारक मानिन्छ । यसबाहेक, बच्चा जबसम्म एक वर्षको हुँदैन, उनीहरुलाई मेजवा नखुवाउन नै सल्लाह दिने गरिन्छ ।

केरोटेनेमिया नामक रोगबाट प्रभावित व्यक्तिले मेवा कहिल्यै खानु हुँदैन । किनकी मेवामा लेटेक्स नामक पदार्थ हुन्छ, जसले केरोटेनेमियाबाट प्रभावित व्यक्तिमा छालाको एलर्जीको समस्या निम्त्याउन सक्छ ।

मेवाले सुगरको स्तर कम गर्छ । त्यसैले, न्युन रक्तचाप भएका व्यक्तिले झुक्किएर पनि मेवा खानु हुँदैन । जबकी उच्च रक्तचापलाई नियन्त्रण गर्न औषधीको सेवन गर्ने व्यक्तिले भने चिकित्सकको सल्लाहमा मेवा अवश्यक खान सक्छन् ।

विभिन्न अध्ययनहरुले जनाए अनुसार अत्याधिक मात्रामा भिटामिन ‘सी’को सेवनले मिर्गौलामा पथ्थरी हुनसक्छ । र, मेवामा भिटामिन ‘सी’अत्याधिक मात्रामा हुने भएकोले यसको सेवनले मिर्गौलामा पथ्थरी हुनसक्छ ।

पेट खराब भएमा पनि मेवाबाट टाढा रहनु पर्छ । त्यस्तै, पखाला लागेमा पनि मेवाबाट टाढा रहनु पर्छ । किनकी यसले समस्या कम हुनुको सट्टा झनै बढ्न सक्छ । मुटु सम्बन्धि समस्या भएका व्यक्तिले पनि मेवाबाट टाढा रहनु पर्छ । विशेषगरी, रगत पातलो हुने व्यक्तिले मेवाबाट कुनै पनि हालतमा टाढा रहनै पर्छ ।

घाँटीको समस्या हुने व्यक्तिले मेवा खानु हुँदैन । यसले घाँटीलाई प्रभावित पार्न सक्छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ९ : १८ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग